ताप्लेजुङमा भालुकाे आक्रमणबाट एक युवक घाइते

 कात्तिक २१, २०७९ सोमबार ६:४१:५९ | केशवप्रसाद भट्टराई
unn.prixa.net

ताप्लेजुङ - ताप्लेजुङको सिदिङ्वा गाउँपालिकामा भालुको आक्रमणबाट एक युवक घाइते भएका छन् । जङ्गली भालुको आक्रमणबाट सिदिङ्वा गाउँपालिका–३ आङ्खोप खर्कगाउँका २१ वर्षीय फुर्वा तामाङ घाइते हुनुभएकाे हाे ।  

जिल्ला प्रहरी कार्यालय ताप्लेजुङका अनुसार तामाङलाई शनिवार दिउँसो भालुले आक्रमण गरेको थियो । भालुको आक्रमणबाट तामाङको अनुहार र टाउकोमा गम्भीर चोट लागेको प्रहरीले जनाएको छ । घाइते तामाङको स्थानीय स्वास्थ्य संस्थामा प्राथमिक उपचारपछि शनिवार नै झापामा रहेकाे बीएनसी अस्पतालमा पुर्याएर थप उपचार सुरु गरिएको बताइएको छ । 

शनिवार गाउँ नजिक गुम्बाडाँडा क्षेत्रमा मालिङ्गो सङ्कलन गर्न गएको समयमा तामाङलाई भालुले आक्रमण गरेको सिदिङ्वा गाउँपालिकाकी उपाध्यक्ष कृष्णकुमारी कडरियाले जानकारी दिनुभयो । उपाध्यक्ष कडरियाका अनुसार तामाङसँगै मालिङ्गो सङ्कलन गर्न गएका अन्य दुईजना भने सकुसल जङ्गलबाट फर्किएका थिए । 

अन्तिम अपडेट: बैशाख १८, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

केशवप्रसाद भट्टराई

केशवप्रसाद भट्टराई ताप्लेजुङका उज्यालो सहकर्मी हुनुहुन्छ । 

तपाईको प्रतिक्रिया