सर्लाहीमा गए राति झडप हुँदा एक जनाको ज्यान गयो, चार जना घाइते

 मंसिर ४, २०७९ आइतबार ८:१०:२९ | रामबाबु खड्का
unn.prixa.net

सर्लाही - सर्लाहीको गोडैता नगरपालिका–६ मा गए राति भएको झडपमा एक जनाको ज्यान गएको छ । अरु चार जना घाइते भएका छन् ।

गएराति १० बजेतिर दुई पक्षबीच झडप हुँदा ढुङ्गा हानाहान भएको थियो । ढुङ्गा हानाहान हुँदा लागेर घाइते भएका स्थानीय बासिन्दा ६५ वर्षका रामकेबल रायको ज्यान गएको सर्लाहीका डीएसपी विजय श्रेष्ठले जानकारी दिनुभएको छ । घाइते भएका अन्य चार जनामध्ये एक जनाको जनकपुर र तीन जनाको सर्लाहीमा उपचार भइरहेको छ ।

घटनामा संलग्न रहेको आरोपमा एक जनालाई पक्राउ गरिएको प्रहरीले जनाएको छ ।

अन्तिम अपडेट: बैशाख १८, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

रामबाबु खड्का

रामबाबु खड्का सर्लाहीका उज्यालो सहकर्मी हुन् ।

तपाईको प्रतिक्रिया