स्याङ्जाको चापाकोट–१ मा मतदान रोकियो

 मंसिर ४, २०७९ आइतबार १५:३९:२२ | राधाकृष्ण डुम्रे
unn.prixa.net

स्याङ्जा – स्याङ्जाको चापाकोट–१ मा रहेको भानु माध्यामिक विद्यालय मतदान केन्द्रमा मतदान रोकिएको छ ।

आज भइरहेको प्रतिनिधि सभा र प्रदेश सभा सदस्य चुनावमा नेकपा एमालेका प्रतिनिधि वडा सदस्य सन्तोष थापा र कांग्रेस प्रतिनिधि भरत वस्तीबीच विवाद भएपछि मतदान रोकिएको हो ।

प्रहरीले एक राउन्ड हवाइ फायर गरेर वातावरण शान्त बनाएको प्रमुख जिल्ला अधिकारी गङ्गाबहादुर क्षेत्रीले बताउनुभयो । उहाँका अनुसार फेरि मतदान सुरु गर्न आवश्यक छलफल भइरहेको छ ।
 

अन्तिम अपडेट: बैशाख १८, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

राधाकृष्ण डुम्रे

स्याङजाका पत्रकार राधाकृष्ण डुम्रे उज्यालोका जिल्ला सम्वाददाता हुनुहुन्छ । 

तपाईको प्रतिक्रिया