सर्लाही - ४: स्वतन्त्र उम्मेदवार अम्रेश कुमार सिंह र काँग्रेसका उम्मेदवार नागेन्द्र कुमार रायबीच कडा प्रतिस्पर्धा

 मंसिर ६, २०७९ मंगलबार १०:४४:३५ | रामबाबु खड्का
unn.prixa.net

सर्लाही - सर्लाही क्षेत्र नम्बर ४ मा नेपाली काँग्रेसबाट विद्रोह गरी स्वतन्त्र उम्मेदवारी दिनुभएका डाक्टर अम्रेश कुमार सिंह र सत्ता गठबन्धन दल नेपाली काँग्रेसका उम्मेदवार नागेन्द्र कुमार रायबीच कडा प्रतिस्पर्धा भइरहेको छ।

गठबन्धन दलका रायले अहिलेसम्म दुई हजार २५४ मत ल्याउनु भएको छ भने स्वतन्त्र उम्मेदवार सिंहले दुई हजार २६९ मत प्राप्त गर्नुभएको छ। स्वतन्त्र उम्मेदवार सिह ५ मतले अघि हुनुहुन्छ ।

त्यसैगरी अर्का स्वतन्त्र उम्मेदवार मधुमला देवी यादवले १ हजार ६३३ मत प्राप्त गर्दै तेस्रो स्थान हुनुहुन्छ ।

क्षेत्र नम्बर ४ कुल मतदान एक लाख १२ हजार ४९४ रहेका छन् । यसपटकको चुनावमा त्यस क्षेत्रमा जम्मा ७२ हजार ८८२ मत अर्थात ६४.७ प्रतिशत मत खसेको थियो । अहिलेसम्म ८ हजार मत गणना भएको निर्वाचन अधिकृतको कार्यालयले जानकारी दिएको छ।

अन्तिम अपडेट: बैशाख २०, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

रामबाबु खड्का

रामबाबु खड्का सर्लाहीका उज्यालो सहकर्मी हुन् ।

तपाईको प्रतिक्रिया