सर्लाही-१ (ख) मा एकीकृत समाजवादीका वेची लुङ्गेली विजयी

 मंसिर ७, २०७९ बुधबार १२:४२:१ | रामबाबु खड्का
unn.prixa.net

सर्लाही - सर्लाही क्षेत्र नम्बर १ अन्तर्गत (ख) मा नेकपा एकीकृत समाजवादीका उम्मेदवार वेची लुङ्गेली विजयी हुनुभएको छ ।

लुङ्गेली १३ हजार ६७६ मत ल्याएर प्रदेश सभा सदस्यमा लागि निर्वाचित हुनुभएको हो । उहाँका प्रतिस्पर्धी नेकपा एमालेका उम्मेदवार शान्तिकुमारी लामाले ६ हजार ९७७ मत प्राप्त गर्नुभएको छ । उहाँले लामालाई ६ हजार ६९९ मतले पछि पार्नुभएको हो ।

त्यसैगरी स्वतन्त्र उम्मेदवार राजन श्रेष्ठले ५ हजार ९४५ मत प्राप्त गर्नुभएको छ।

अन्तिम अपडेट: बैशाख १२, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

रामबाबु खड्का

रामबाबु खड्का सर्लाहीका उज्यालो सहकर्मी हुन् ।

तपाईको प्रतिक्रिया