दैलेख २ (क) मा कांग्रेसका भण्डारी विजयी

 मंसिर ७, २०७९ बुधबार २०:९:५२ | अमर सुनार
unn.prixa.net

दैलेख – दैलेखकाे निर्वाचन क्षेत्र नम्बर २ काे प्रदेश सभा (क) मा नेपाली कांग्रेसका घनश्याम भण्डारी विजयी हुनुभएकाे छ । 

कांग्रेसका भण्डारी १० हजार ८ सय मत प्राप्त गरी विजयी हुनुभयाे । उहाँका निकटतम प्रतिस्पर्धी नेकपा एमालेका तिलक रिजालले ९ हजार ४ सय ९५ मत प्राप्त गर्नुभयाे । राप्रपाका यज्ञबहादुर थापाले ४ सय ७८ मत प्राप्त गर्नुभएकाे छ । 

यस क्षेत्रमा २२ हजार ९ सय ४२ मत खसेकाेमा १ हजार ९० मत बदर भएको थियाे । 

नवनिर्वाचित कर्णाली प्रदेश सभा सदस्य ३९ वर्षीय भण्डारी २०७४ को पालिका चुनावमा दुल्लू नगरपालिकाको मेयरमा निर्वाचित हुनुभएको थियो । २०६४ मा नेपाल पत्रकार महासङ्घका जिल्ला सचिवमा निर्वाचित भण्डारी २०६७ देखि नेपाली कांग्रेसको सक्रिय राजनीतिमा जुट्नुभएको थियो । त्यसयता उहाँले दुई कार्यकाल नेपाली कांग्रेसकाे क्षेत्रीय सभापति भइ काम गर्नुभएको थियो । उहाँ कांग्रेस महाधिवेशन प्रतिनिधि हुनुहुन्छ ।

अन्तिम अपडेट: बैशाख ८, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

अमर सुनार

दैलेखका उज्यालो सहकर्मी अमर सुनार मानवअधिकारको क्षेत्रमा पनि काम गर्नुहुन्छ । 

तपाईको प्रतिक्रिया