ताप्लेजुङ प्रदेश ‘ख’ : ३० वर्षपछि एमालेकाे लालकिल्ला तोडियो, कांग्रेसका खगेनसिं विजयी

 मंसिर ८, २०७९ बिहिबार १३:१४:४३ | केशवप्रसाद भट्टराई
unn.prixa.net

ताप्लेजुङ - तीन दशकदेखि कम्युनिस्ट पार्टीको लाल किल्ला रहेको ताप्लेजुङको प्रदेश ‘ख’ मा नेपाली कांग्रेसका खगेनसिं हाङ्गाम विजयी हुनुभएको छ । नेकपा एमालेका गोपाल थोप्रालाई १ हजार २४८ मतले पराजित गर्दै उहाँ विजयी हुनुभएको हो। यस क्षेत्रमा ३० वर्षदेखि एमालेले लगातार जित्दै आएकाे थियाे ।  

कुल खसेको २२ हजार ५२० मतमध्ये हाङ्गामले १० हजार ४९६ मत प्राप्त गर्नुभएको छ भने थोप्राले ९ हजार २४८ मत प्राप्त गर्नुभएको छ । मुख्य निर्वाचन अधिकृतको कार्यालयले जितकाे घोषणा गर्न बाँकी रहेको छ। 

ताप्लेजुङमा २०४८ यता पहिलो पटक कांग्रेसले आफ्नो जित निकालेको हो । लगातार जित्दै नेकपा एमालेले रजत महोत्सव मनाएको यो क्षेत्रलाई नेकपा एमालेको किल्लाका रुपमा लिने गरिएको थियो । 

यहाँ २०४८ र २०५१ सालमा अम्बिका साँवा, २०५६ सालमा ओमप्रकाश ओझा, २०६४ र २०७० मा डम्बरध्वज तुम्बाहाम्फे तथा २०७४ सालमा टङ्क आङ्बुहाङ निर्वाचित हुनुभएको थियो । उहाँहरु सबै नेकपा एमालेका हुनुहुन्छ । 

अन्तिम अपडेट: बैशाख २१, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

केशवप्रसाद भट्टराई

केशवप्रसाद भट्टराई ताप्लेजुङका उज्यालो सहकर्मी हुनुहुन्छ । 

तपाईको प्रतिक्रिया