टीभी खोल्दा महिलाको ज्यान गयो

 असोज १९, २०७५ शुक्रबार १४:६:१० | उज्यालो सहकर्मी
unn.prixa.net

प्रतिकात्मक तस्बिर

अर्घाखाँची – अर्घाखाँचीको भूमिकास्थान नगरपालिकामा टीभी खोल्दा करेन्ट लागेर एक महिलाको  ज्यान गएको छ ।

भूमिकास्थान नगरपालिका वडा नम्बर ४ धारापानी, लामाखर्ककी ६० वर्षकी धनी आलेको करेन्ट लागेर ज्यान गएको हो । टेलिभिजनको ‘प्लग’ लगाउने क्रममा एक्कासी करेन्ट लागेर घटनास्थलमै महिलाको  ज्यान गएको जिल्ला प्रहरी कार्यालय अर्घाखाँचीका प्रहरी नायब उपरीक्षक नवराज मल्लले जानाकारी दिनुभयो  ।
 

अन्तिम अपडेट: बैशाख १३, २०८१

तपाईको प्रतिक्रिया