राजीव विक्रम शाह : जाजरकोटमा चुनावी खर्च विवरण बुझाउने पहिलो उम्मेदवार

 मंसिर १२, २०७९ सोमबार ९:८:९ | बालकुमार शर्मा
unn.prixa.net

जाजरकाेट - जाजरकोट प्रदेश सभा 'ख' बाट उम्मेदवार बन्नु भएका नेपाली का‌ंग्रेसका राजीव विक्रम शाह चुनावी खर्च विवरण बुझाउने पहिलाे उम्मेदवार बन्नुभएकाे छ ।

उहाँले हिजाे दिउँसाे निर्वाचन कार्यालय जाजरकोट खलङ्गामा पुगेर  चुनावमा लागेको खर्चको विवरण बुझाउनु भएकाे हाे । उहाँले चुनावमा १४ लाख रुपैयाँ खर्च भएकाे बताउनु भएकाे छ । 

उहाँसँगै कर्णाली प्रदेश सभामा समानुपातिकतर्फ जाजरकोटबाट नेपाली कांग्रेसका उम्मेदवार बन्नुभएका गणेश अधिकारीले पनि आफ्नो चुनावी खर्चको विवरण बुझाउनु भएकाे छ । उहाँले चुनावमा ४२ हजार रुपैयाँभन्दा बढी खर्च भएकाे विवरणमा जनाउनु भएकाे छ । 

निर्वाचन आयोगका अनुसार चुनाव सम्पन्न भएको एक महिनाभित्र खर्च विवरण कार्यालयमा बुझाउनु पर्ने हुन्छ । 

पछिल्लो पटक निर्वाचन आयोगले पालिका चुनाव तोकिएको मितिभित्र चुनावी खर्च विवरण नबुझाउनेहरुको सूची सार्वजनिक गरी वडा सदस्यदेखि मेयरसम्मका लागि निश्चित रकम जरिबाना तोकेकाे थियाे । 

आयोगले तोकेअनुसार प्रतिनिधि सभाका उम्मेदवारले जाजरकोटको हकमा ३६ लाखसम्म र प्रदेश सभाका उम्मेदवारले २१ लाख रुपैयाँसम्म खर्च गर्न पाउने कानुनी प्रावधान रहेको निमित्त कार्यालय प्रमुख एवम् जिल्ला निर्वाचन अधिकारी नवीन कुमार कठायतले बताउनु भयाे । 

अन्तिम अपडेट: बैशाख ११, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

बालकुमार शर्मा

बालकुमार शर्मा जाजरकोटका उज्यालो सहकर्मी हुनुहुन्छ । 

तपाईको प्रतिक्रिया