पूर्व–पश्चिम राजमार्ग : दाङ खण्डमा सडक मिचेर बनाएका संरचना हटाउन निर्देशन

 मंसिर १९, २०७९ सोमबार १९:११:४४ | हेमराज शर्मा
unn.prixa.net

फाइल तस्बिर

दाङ – सडक डिभिजन कार्यालय दाङले पूर्व–पश्चिम महेन्द्र राजमार्गअन्तर्गत पर्ने दाङको धानखोलादेखि शिवखोला सडक खण्डसम्म सडक मिचेर बनाएका संरचना हटाउन निर्देशन दिएको छ । सडक डिभिजन कार्यालय दाङले भाेलि मङ्गलवारदेखि लागू हुने गरि १५ दिने सूचना निकालेर राजमार्गको सडक क्षेत्र मिचेर बनाएका संरचना हटाउन निर्देशन दिएको हो ।

दाङ सडक खण्डको धानखोलादेखि शिवखोलासम्मको सडक क्षेत्र दायाँ–बाँया ३१/३१ मिटरभित्र रहेका संरचना हटाउन निर्देशन दिइएकाे सूचनामा उल्लेख छ । याे सूचनालाई बेवास्ता गरेर निर्धारित मितिभित्र अनधिकृत संरचना नहटाएमा कार्यालयले आफैँ हटाउने जनाइएकाे छ । साथै संरचना हटाउन लागेको खर्चसमेत सडक मिच्नेहरूले नै बेहाेर्नुपर्ने सूचनामा उल्लेख छ ।

राजमार्गको दाङ खण्ड झन्डै ७७ किलोमिटर रहेको छ । कार्यालयले त्यही क्षेत्रका तीन वटा पालिकालाई पनि यो सूचना प्रकाशन गरिदिनका लागि अनुरोध गरेको छ ।

लमही नगरपालिकासहित राप्ती र गढवा गाउँपालिकालाई पत्र लेख्दै सबै वडाको सूचना पार्टीमा यो सूचना टाँस गर्नका लागि पत्र पठाएको डिभिजन प्रमुख इन्जिनियर रामपुकार जैसवालद्वारा हस्ताक्षरित विज्ञप्तिमा उल्लेख छ ।

अन्तिम अपडेट: बैशाख २७, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

हेमराज शर्मा

दाङमा बसेर पत्रकारिता गर्ने हेमराज शर्मा लामो समयदेखि उज्यालोमा कार्यरत हुनुहुन्छ ।  

तपाईको प्रतिक्रिया