लुम्बिनीकाे राजधानी देउखुरीबाट काम सुरु

 मंसिर २८, २०७९ बुधबार १६:५४:३१ | हेमराज शर्मा
unn.prixa.net

दाङ – लुम्बिनी प्रदेशको स्थायी राजधानी राप्ती उपत्यकाकाे देउखुरीमा मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयकाे उद्घाटन भएकाे छ । प्रदेश प्रमुख अमिक शेरचनले आज बुधवार मुख्यमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयको झण्डोत्तोलन गर्नुभएको हो । 

२०७७ असोज २० गते प्रदेश सभाको दुई तिहाइ बैठकले प्रदेशको नाम लुम्बिनी र राजधानी राप्ती उपत्यका तोक्ने निर्णय गरेको थियो । त्याे निर्णय कार्यान्वयन गर्दै वर्तमान सरकारले मुकाम बुटवलमा रहेको मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय राजधानीमा स्थापना गरेको छ । राजधानीमा रहेको कार्यालयबाट कामकाजसमेत सुरु भएको छ । १३ मन्त्रालयमध्ये राजधानी परिसरभित्र छ वटा मन्त्रालय, मुख्यमन्त्री निवास, प्रमुख सचिवको निवाससमेत स्थापना गरिएको छ । अबको केही हप्ताभित्र महत्त्वपूर्ण मन्त्रालय, निर्देशनालय र विभाग राजधानी क्षेत्रमा स्थापना हुने प्रदेश सरकारले जनाएको छ ।

मुख्यमन्त्री कार्यालयको उद्घाटन गर्दैै प्रदेश प्रमुखले राजधानीले विकासमा पछाडि परेको देउखुरीलाई मात्रै नभइ समग्र प्रदेशलाई समृद्ध बनाउन मद्दत गर्ने बताउनुभयो ।

कार्यक्रममा लुम्बिनी प्रदेशका मुख्यमन्त्री कुलप्रसाद केसीले सङ्घीयता कार्यान्वयनमा लुम्बिनी प्रदेशले समग्र देशकै नेतृत्व गरेको बताउनुभयो । राजधानी कार्यान्वयनसँगै प्रदेशको निसान छापमा राजधानीको नाम राप्ती उपत्यका देउखुरी लेखिने उहाँले जानकारी दिनुभयाे ।

यही मङ्सिर १९ गते बुटवलबाट मुख्यमन्त्री कार्यालय राजधानी क्षेत्रमा सारिएको थियो । 

अन्तिम अपडेट: बैशाख २४, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

हेमराज शर्मा

दाङमा बसेर पत्रकारिता गर्ने हेमराज शर्मा लामो समयदेखि उज्यालोमा कार्यरत हुनुहुन्छ ।  

1 Comments

  • Bishnu Hamal

    Dec. 14, 2022, 9:46 p.m.

    So proud to all the Dangalies.

  •  0 Reply

तपाईको प्रतिक्रिया