सर्लाहीकाे छुट्टाछुट्टै ठाउँबाट स्रोत नखुलेको १२ लाख ४५ हजार रुपैयाँसहित पाँच जना पक्राउ

 पुस ३०, २०७९ शनिबार ११:१:४९ | रामबाबु खड्का
unn.prixa.net

सर्लाही - सर्लाहीको छुट्टाछुट्टै ठाउँबाट स्रोत नखुलेको १२ लाख ४५ हजार रुपैयाँसहित पाँच जनालाई प्रहरीले पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा एक भारतीय नागरिक तथा ४ जना नेपाली रहेका छन् । पक्राउ पर्नेहरुमा भारत सीतामढीका १९ वर्षीय राहुल महतो, काठमाण्डौको मनोहराका ३२ वर्षीय प्रल्हाद चापागाईँ, ३६ वर्षका शिव चापागाईँ, ४८ वर्षका कृष्ण दाहाल र २७ वर्षका सनम बस्नेत रहेका जिल्ला प्रहरी कार्यालय सर्लाहीले जनाएको छ । उनीहरूले प्रयोग गरेको प्रदेश ०१–०२५ च १७९४ नम्बरको कार प्रहरीले नियन्त्रणमा लिएको छ ।

गएराति पक्राउ परेका सबैलाई थप अनुसन्धानका लागि जिल्ला प्रहरी कार्यालय सर्लाहीमा राखिएको प्रहरी नायब उपरीक्षक विजय यादवले जानकारी दिनुभयो ।

अन्तिम अपडेट: बैशाख १८, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

रामबाबु खड्का

रामबाबु खड्का सर्लाहीका उज्यालो सहकर्मी हुन् ।

तपाईको प्रतिक्रिया