लुम्बिनी प्रदेशकाे सभामुखमा एक र उपसभामुखमा तीन जनाकाे मनाेनयन दर्ता

 माघ २, २०७९ सोमबार १६:५९:११ | हेमराज शर्मा
unn.prixa.net

दाङ – लुम्बिनी प्रदेशकाे सभामुखमा एक र उपसभामुखमा तीन जनाकाे मनाेनयन दर्ता भएको छ । आज साेमवार प्रदेश सभा सचिवकाे कार्यकक्षमा सभामुख र उपसभामुखमा मनाेनयन दर्ता भएकाे हाे ।

सत्तारूढ दलको गठबन्धनका तर्फबाट सभामुखमा नेकपा माओवादी केन्द्रका तुलाराम घर्ती र उपसभामुखमा राप्राकी मेनुका खाँड केसीकाे मनाेनयन दर्ता भएको छ ।  

यस्तै उपसभामुखमा नेपाली कांग्रेसका विश्वप्रेम पाठक र नागरिक उन्मुक्ति पार्टीकी निर्मला देवी चाैधरीकाे मनाेनयन दर्ता भएको छ । कांग्रेसले सभामुखमा उम्मेदवारी दिएकाे छैन ।

सभामुख र उपसभामुखमा भोलि मङ्गलवार मतदान हुने कार्यक्रम तय भएको छ ।

अन्तिम अपडेट: बैशाख २७, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

हेमराज शर्मा

दाङमा बसेर पत्रकारिता गर्ने हेमराज शर्मा लामो समयदेखि उज्यालोमा कार्यरत हुनुहुन्छ ।  

तपाईको प्रतिक्रिया