लुम्बिनीकाे सभामुखमा माओवादीका घर्ती निर्विराेध, उपसभामुखमा तीन जनाको मनोनयन

 माघ २, २०७९ सोमबार २०:६:९ | हेमराज शर्मा
unn.prixa.net

दाङ – लुम्बिनी प्रदेशको सभामुखमा नेकपा माओवादी केन्द्रका तुलाराम घर्ती मगर निर्विरोध निर्वाचित हुनुभएको छ । सभामुख पदकाे मनाेनयनकाे समय सीमाभित्र घर्तीकाे मात्रै उम्मेदवारी परेपछि उहाँ निर्विरोध निर्वाचित हुनुभएको प्रदेश सभा सचिवालयले जनाएको छ ।

गएकाे मङ्सिर ४ गतेकाे चुनावमा गठबन्धनबाट उम्मेदवार बन्नुभएका माओवादी केन्द्रका घर्ती पाल्पा २ (ख) बाट लुम्बिनी प्रदेश सभामा निर्वाचित हुनुभएको थियो ।

यस्तै प्रदेशकाे उपसभामुखमा तीन जनाकाे मनाेनयन दर्ता भएको छ । सत्तारूढ दलको गठबन्धनका तर्फबाट उपसभामुखमा राप्रापाकी मेनुका खाँड केसीकाे मनाेनयन दर्ता भएको छ । यस्तै कांग्रेसबाट नवलपरासी निर्वाचन क्षेत्र नम्बर १ (क) बाट निर्वाचित विश्वप्रेम पाठक र नागरिक उन्मुक्ति पार्टीकी निर्मलादेवी चाैधरीकाे मनाेनयन दर्ता भएको छ । सभामुख र उपसभामुखमा भोलि मङ्गलवार मतदान हुने कार्यक्रम तय भएको छ । 

सत्तापक्षीय गठबन्धनमा लुम्बिनी प्रदेशमा मुख्यमन्त्री एमाले, सभामुख माओवादी र उपसभामुख राप्रपाले लिने गरी सहमति भएको थियो । ८७ सदस्यीय प्रदेश सभामा नागरिक उन्मुक्तिबाहेक पनि सत्तापक्षीय गठबन्धनमा ५१ सदस्य छन् ।

अन्तिम अपडेट: बैशाख २४, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

हेमराज शर्मा

दाङमा बसेर पत्रकारिता गर्ने हेमराज शर्मा लामो समयदेखि उज्यालोमा कार्यरत हुनुहुन्छ ।  

तपाईको प्रतिक्रिया