रोनाल्डोका वकिलले भने ‘बलात्कारका आरोपमा पेश गरिएका प्रमाण सबै झुटो’

 असोज २५, २०७५ बिहिबार ६:४०:० | उज्यालो सहकर्मी
unn.prixa.net

पोर्चुगिज स्टार क्रिस्टियानो रोनाल्डोमाथि लागेको बलात्कारका आरोपमा पेश गरिएका प्रमाणहरु जाली भएको उनका वकिलले बताएका छन् ।

३३ वर्षीय रोनाल्डोले सन् २००९ मा अमेरीकाको लस भेगसमा काथरीनलाई बलात्कार गरेको भन्दै केही साता अगाडि काथरीनले नै खुलासा गरेकी थिइन् । भेगसको एक होटलमा रोनाल्डोले आफूमाथि बलात्कार गरेको भन्दै अन्तर्वार्ता दिएपछि उनी रातारात चर्चामा आएकी थिइन् । जसका लागि रोनाल्डोलाई भेगसको पुलिसले पनि सोधपुछ गर्ने बताइएको छ । 

तर रोनाल्डोका वकिलले काथरीनले बलात्कारका बारेमा पेश गरेको प्रमाणहरु ‘फेक’ भएको बताएका छन् । रोनाल्डो आफैले पनि यो घटना झुटो भएको बताउँदै आएका छन् । जर्मनीको एक पत्रिकाले छापेको अन्तवार्ता गलत भएको भन्दै रोनाल्डोले यसअघि नै आफ्नो भनाई राखिसकेका छन् । 

तरपनि उनी कानुनी रुपमा यसको समाधानका लागि दुई दिन अगाडी वकिल भेट्न लिस्वन पुगेका थिए । यो भेटपछि पहिलो पटक रोनाल्डोका वकिलले एक स्टेटमेन्ट सार्वजनिक गर्दै काथरीनको डकुमेन्टहरु जाली भएको र सबै प्रमाण डिजिटल रुपमा परिमार्जित गरेको बताएका छन् । ३४ वर्षीय काथरीनले लस भेगसको पुलिसमा आफूमाथि बलात्कार भएको भन्दै प्रमाणसहित रिपोर्ट फाइल गरेकी थिइन् ।

अन्तिम अपडेट: बैशाख २५, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया