तीव्रगतिकाे रेल 'वन्दे भारत एक्सप्रेस': मोदीले देखाए हरियाे झ...
फागुन ४, २०७५ शनिबार
काठमाडौं – सुनको भाउ बढेको छ । सुनको भाउ बिहीबार तोलाको ५९ हजार ३ सय रुपैयाँमा पुगेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।
बुधबार तोलामा एक सय रुपैयाँ बढेको सुनको भाउ बिहीबार फेरि ३ सय रुपैयाँ बढेको हो । यसअघि गएको वैशाख ३० गते सुनको भाउ तोलाको ५९ हजार ३ सय रुपैयाँ थियो । त्यसपछि साउन ३० गते भाउ घटेर ५५ हजार ६ सय रुपैयाँमा झरेको थियो ।
तर अहिले अमेरिकी डलर महंगो हुँदा सुनको भाउ पनि बढेको महासंघले जनाएको छ । चाँदीको भाउ भने गएको सोमबारदेखि नै स्थिर छ । चाँदी तोलाको ७ सय ४० रुपैयाँमा कारोबार भैरहेको छ ।