क्षतिपूर्तिकाे माग राख्दै मृतकका आफन्तद्वारा कर्णाली राजमार्ग अवरुद्ध

 माघ २१, २०७९ शनिबार १५:३८:५७ | अमर सुनार
unn.prixa.net

फाइल तस्बिर

दैलेख – ट्रकले ठक्कर दिएर पैदल यात्रीको ज्यान गएपछि क्षतिपूर्तिकाे माग गर्दै मृतकका आफन्तले कर्णाली राजमार्ग अवरुद्ध गरेका छन् ।  

कालिकोटबाट सुर्खेतका लागि जाँदै गरेको भे १ ख ३५१८ नम्वर ट्रकले गए राति कर्णाली राजमार्गको जाक्सी नजिक ठक्कर दिंदा दैलेखको आठबीस नगरपालिका–३ जाक्सीका ४५ वर्षीय तिलबहादुर माझीको घटनास्थलमै ज्यान गएको थियो । ठक्कर दिएर पैदल यात्रीको ज्यान गएपछि भाग्दै गरेको ट्रकलाई २ किलोमीटर टाढा रोकेपछि चालक फरार भएका थिए । चालकको पहिचान खुलेको नखुलेको जिल्ला प्रहरी कार्यालय दैलेखका सूचना अधिकारी प्रहरी निरीक्षक दिपकसिंह बिष्टले बताउनुभयो । 

चालकलाई पक्राउ गर्नुपर्ने र मृतकका परिवारलाई क्षतिपूर्ति माग राख्दै आफन्तजनले सडक अवरुद्ध गराएपछि स्थानीय प्रशासनको पहलमा गाडी धनी सुर्खेतबाट भरखर राकम पुगेको र छलफल भइरहेको प्रहरीले जनाएको छ । मृतका आफन्तजनले चालकलाई पक्राउ गर्नुपर्ने र मृतकका परिवारलाई क्षतिपूर्ति माग सम्बन्धमा छिटो समाधान निकाल्ने र सडक खुलाउने विषयमा पहल भइरहेको आठबीस नगरपालिकाका मेयर तर्कबहादुर बडुवालले बताउनुभयो ।

सडक अवरुद्ध हुँदा बिहानैदेखि आएका सुर्खेत, कालिकोट, जुम्ला र मुगुका यात्रुहरु बिचल्लीमा परेका छन् । 
 

अन्तिम अपडेट: बैशाख २१, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

अमर सुनार

दैलेखका उज्यालो सहकर्मी अमर सुनार मानवअधिकारको क्षेत्रमा पनि काम गर्नुहुन्छ । 

तपाईको प्रतिक्रिया