आईपीएल क्रिकेटमा बैंगलुरुको दोस्रो जित, हैदरावादलाई ३५ रनले...
बैशाख १४, २०८१ शुक्रबार
काठमाडौं – होचापुड्का नागरिकहरुले शिक्षा, स्वास्थ्य र यातायातको क्षेत्रमा विशेष सहायताको व्यवस्था गर्न सरकारसँग माग गरेका छन ।
नेपाल होचापुड्का संघले बिहीबार काठमाडौंमा पत्रकार सम्मेलन गरी शिक्षा, स्वास्थ्य र यातायातको क्षेत्रमा विशेष सहायताको व्यवस्था गर्न सरकारसँग माग गरेको हो । शारीरिक रुपमा कमजोर रहेका आफूहरुलाई शिक्षा, स्वास्थ्य र यातायातको क्षेत्रमा सहुलियत दिएर सरकारले सहयोग गर्नुपर्ने संघका पूर्व अध्यक्ष विष्णुलाल गुरुङले बताउनुभयो ।
संघले देशभरका होचापुड्का नागरिकहरुको आवश्यक्ता र सरोकारलाई सरकारले चासो नदिएको गुनासो पनि गर्दै आएको छ । पूर्वअध्यक्ष गुरुङले आफूहरुलाई गरिएको आर्थिक सहायता पनि सरकारले कटौती गरेको भन्दै असन्तुष्टि पनि व्यक्त गर्नुभयो ।