युवालाई गाउँमै राख्न निःशुल्क कक्षा

 फागुन ४, २०७९ बिहिबार १४:३१:४ | रासस
unn.prixa.net

गुल्मी – युवालाई गाउँमै रोक्नका लागि गुल्मीको चन्द्रकोट गाउँपालिकाले स्थायी जागिरका लागि निःशुल्क तयारी कक्षा सञ्चालन गरेको छ ।

लोकसेवा आयोग र शिक्षा सेवा आयोगमा आकर्षित गर्नका लागि गाउँका ४६ युवालाई १८ दिने निःशुल्क कक्षा दिएको गाउँपालिकाका सूचना अधिकारी शिवप्रसाद ज्ञवालीले बताउनुभयो । पहिलो चरणका परीक्षामा सहभागी र यसतर्फ आकर्षित गर्न अभिमुखीकरण गरी विभिन्न चरणमा कार्यक्रम चलाइएको हो ।

कक्षामा मुख्य गरेर पृष्ठपोषण प्रदान गरिएको छ । सहभागी प्रशिक्षार्थी मञ्जू पुन आफूहरू यही कुरा सिक्न तम्घास, बुटवल र काठमाण्डौ जान नपरेकामा खुसी हुनुभयो । अर्का प्रशिक्षार्थी ईश्वरी पौडेलले गाउँपालिकाको रचनात्मक कामबाट आफूहरू गाउँमै बसेर अभिमुखीकरणका कक्षा लिन पाएको बताउनुभयो । सहभागी प्रशिक्षार्थीले यस्तै कक्षा आगामी दिनमा पनि चलाउनुपर्ने बताउनुभएको छ ।

प्रशिक्षकका रूपमा गाउँपालिकाका अधिकृतस्तरका कर्मचारी रहनुभएको थियो । गाउँपालिकाका अध्यक्ष युवराज केसीले चन्द्रकोट क्षेत्रमा लोकसेवा र शिक्षक सेवामा कम आर्कषण रहेकाले आफूहरूले निःशुल्क कक्षा सञ्चालन गरेको बताउनुभयो ।

“हाम्रो भूगोलबाट निजामती र शिक्षक कर्मचारीमा कम आकर्षण छ”, उहाँले भन्नुभयो, “बाध्यताले बाहिर पढ्न जाने बाध्यताको अन्त्य गरेका हौँ ।” उहाँले पहिलो चरणमा निःशुल्क कक्षा सकिए पनि थप कार्यक्रम ल्याउने बताउनुभयो ।

अन्तिम अपडेट: बैशाख २७, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

1 Comments

  • श्रीराम आचार्य

    Feb. 16, 2023, 7:18 p.m.

    काम स्वागत योग्य छ अध्यक्ष ज्यु हामी जस्ता बिदेशीयका युवाहरूलाई पनि नेपाल मै फर्काइ केही उधमशिल तर्फ आकर्षण गर्ने बाताबरण निर्माण गर्नु पर्ने देखिन्छ ।

  •  0 Reply

तपाईको प्रतिक्रिया