कोरियामा कोभिड भिसा थपिएका श्रमिकलाई पुनः श्रम स्वीकृति लिन ईपीएस शाखाको आग्रह

 फागुन ८, २०७९ सोमबार १५:३१:५७ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डौ – दक्षिण कोरियामा करार अवधि समाप्त भएपछि कोभिड भिसा थप भएका श्रमिकहरुले बाँकी अवधिको लागि पुनः श्रम स्वीकृति लिनुपर्ने ईपीएस कोरिया शाखाले जनाएको छ । रोजगार अनुमती प्रणाली (ईपीएस)मार्फत ई-९ भिसामा कोरिया गएर कोरोनाका कारण पुनः श्रम गर्न नपाएकाहरुलाई ईपीएस कोरिया शाखाले पुनः श्रम स्वीकृति लिन आग्रह गरेको हो ।

शाखाका अनुसार ईपीएसबाट ई-९ भिसामा दक्षिण कोरियामा कार्यरत नेपाली श्रमिकहरुले बाँकी अवधिको लागि अनलाइबाटै पुनः श्रम स्वीकृति लिन मिल्ने व्यवस्था गरिएको छ । तर त्यसको लागि वैदेशिक रोजगार विभागको सफ्टवेयर एफईआईएमएसमा जी टू जी लिंक दिनुपर्ने हुन्छ ।

सम्बन्धित श्रमिकहरुको राहदानी नम्बरलाई ईपीएस शाखाबाट जी टू जी मा लिंक ईपीएस शाखाले नै गरिदिन्छ । त्यसको लागि श्रमिकले सर्वप्रथम आवश्यक कागजातसहित ईपीएस शाखामा इमेल गर्नुछ । श्रम स्वीकृतिको आवेदनलाई जी टू जी मा लिंक गरिदिनु भन्ने निवेदन, राहदानीको स्क्यान कपी, ई-९ भिसा थप भएको भिसाको स्क्यान कपी र यसभन्दा पहिले ई-९ भिसामा श्रम स्वीकृति लिएको स्टिकरको स्क्यान कपी कार्यालयको ईमेल ठेगाना [email protected] मा पठाउनुपर्छ ।

ईपीएस शाखाले एफईआईएमएसमा जी टू जी लिंक दिएपछि बल्ल श्रमिक आफैले अनलाइनबाटै पुनः श्रम स्वीकृति लिन सकिने ईपीएस कोरिया शाखाले जनाएको छ ।
 

अन्तिम अपडेट: बैशाख २६, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया