ताप्लेजुङको हिमाली क्षेत्रमा पहिलो पटक भारी हिमपात

 फागुन १५, २०७९ सोमबार ९:१९:४७ | केशवप्रसाद भट्टराई
unn.prixa.net

ताप्लेजुङ - ताप्लेजुङका हिमाली क्षेत्र तथा गाउँहरुमा यस वर्ष पहिलो पटक हिमपात भएको छ । आइतवार हिजाे बेलुका ४ बजेदेखि पानी, हिउँँका साथै केही ठाउँमा असिना समेत परेको हाे। 

जिल्लाको पाथीभरा क्षेत्रमा ठूलो हिमपात भएको छ । पाथीभरा क्षेत्रको काफ्लेपाटी, माथिल्लो फेदी, तेस्राे तथा पाथीभरा मन्दिरमा ठूलाे हिमपात भएको माथिल्लो फेदीका होटल व्यवसायी इन्द्र नारायण भट्टराई बताउनुहुन्छ । अहिले ताप्लेजुङ बजारबाट देखिने वरिपरिका डाँडाहरु हिउँले सेताम्मे भएका छन् । हिमाली गाउँहरु ओलाङचुङ्गोला, याङ्मा, घुन्सा तथा फलेमा पनि हिमपात भएको छ ।

पर्यटकीय गाउँ घुन्सामा करिब २ फिटसम्म हिउँँपरेको डण्डु शेर्पाले बताउनुभयो । अहिले धेरै जाडो भएकाले घुन्सा गाउँका बासिन्दाहरु घरबाट बाहिर ननिस्केका उहाँले बताउनु भयाे । पर्यटकीय सिजन सुरु हुन लागे पनि पर्यटकहरु भने खास्सै आएका छैनन् । 

 

पर्यटकीय गाउँ ओलाङचुङ्गोला क्षेत्रमा पनि २ फिटसम्म हिउँ परेको फक्ताङलुङ गाउँपालिका-७ का वडाध्यक्ष छेतेन शेर्पाले बताउनुभयो । हिमपातका कारण अहिले मानिसहरु बाहिर निस्किएका छैनन् । यस्तै मिक्वाखोला-५ पापुङको तोक्पेगोलामा पनि भारी हिमपात भएको छ ।   

असिनाले फुङलिङ नगरपालिका-९ बुङकुलुङमा बाली तथा तरकारी खेतिमा क्षति पुर्याएको छ । आलु, कोपी, लसुन जस्ता बालीनालीमा सामान्य क्षति भएको स्थानीयवासी बताउँछन् ।

यस्तै चट्याङ लागेर फुङलिङ नगरपालिका-११ फावाखोलामा भेडा पालक कृषक घाइते भएका छन् । घाइते गोपाल विष्टकाे ताप्लेजुङ जिल्ला अस्पतालमा उपचार भइरहेको छ । 

अन्तिम अपडेट: बैशाख १३, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

केशवप्रसाद भट्टराई

केशवप्रसाद भट्टराई ताप्लेजुङका उज्यालो सहकर्मी हुनुहुन्छ । 

तपाईको प्रतिक्रिया