दक्षिण कोरिया लगायतका देशमा मौसमी कामदारमा पठाउँछु भन्नेहरुको भ्रममा नपर्न विभागको आग्रह

 फागुन १५, २०७९ सोमबार १६:२३:४४ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डौ – मौसमी कामदारकाे रुपमा दक्षिण कोरिया लगायत कुनै पनि देशमा  पठाउँछु भन्नेहरुको भ्रममा नपर्न वैदेशिक रोजगार विभागले आग्रह गरेको छ । 

पछिल्लो समय मौसमी कामदारको रुपमा पठाउने भनेर विभिन्न माध्यमबाट भ्रामक सूचना निकालेर ठगी गर्ने क्रम बढेको भन्दै यस्ता सूचनाहरुमा विश्वास नगर्न विभागले आग्रह गरेको हो । मौसमी कामदार व्यवस्थापन निर्देशिका-२०७९ काे दफा ४ अनुसार मौसमी कामदारमा जाने श्रमिकले कुनै पनि शुल्क बुझाउनु नपर्ने व्यवस्था छ । तर यो व्यवस्था विपरीत मौसमी कामदारको प्रलोभन देखाइ पैसा असुलेर ठग्ने क्रम बढेको विभागले जनाएको छ ।

निर्देशिका बमोजिम नेपालबाट मौसमी कामदार लिने र पठाउने सम्बन्धमा विभागमा कुनै कागजात पेस नभएको बारे पनि विभागले प्रष्ट पारेको छ । 

यस्तै कसैले मौसमी कामदारमा पठाइदिने भन्दै पैसा मागेमा सम्बन्धित पालिकामा, विभागमा वा श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयको कल सेन्टरमा फोन गरेर बुझ्न पनि विभागले सूचित गरेको छ ।
 

अन्तिम अपडेट: बैशाख २५, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया