पुलिसलार्इ हराउँदै एपीएफले जित्यो राष्ट्रिय महिला भलिबलको उपाधि

 असोज २७, २०७५ शनिबार १७:४२:५ | उज्यालो सहकर्मी
unn.prixa.net

बागलुङ – २२ औं संस्करणको राष्ट्रिय महिला भलिबल प्रतियोगिताको उपाधि सशस्त्र प्रहरी बल (एपीएफ) ले जितेको छ । 

बागलुङ जिल्लाको पश्चिम गलकोटमा सम्पन्न प्रतियोगिताको शनिबार भएको फाइनल खेलमा एपीएफले नेपाल पुलिस क्बललाई सोझो सेटमा पराजित गर्दै उपाधि हासिल गरेको हो । यो उपाधि एपीएफको पाँचौ उपाधि हो । 

निकै प्रतिस्पर्धात्मक हुने अपेक्षा गरिएको फाइनलमा एपीएफले पुलिस क्लबलाई २५—१८, २५— १७ र २५ —२३ को सहज जित निकाल्न सफल भयो । 

प्रतियोगिताको तृतीय स्थानका लागि शनिबार नै भएको खेलमा त्रिभुवन आर्मि क्लब विजयी भएको छ भने प्रदेश नम्बर–५ ले सान्त्वना स्थानमा चित्त बुझाउन बाध्य भएको छ ।  

उपाधि विजेता एपीएफले नगद ५० हजार, उपविजेता नेपाल पुलिस क्लबले ३० हजार र तेस्रो हुने त्रिभुवन आर्मी क्लबले नगद २० हजार र ट्रफी प्राप्त गरेका छन् । प्रतियोगितामा उत्कृष्ट खेलाडीको उपाधि एपीएफएकी सरस्वति चौधरीले जितिन् । बेस्ट स्पाइकरको उपाधि त्रिभुवन आर्मी क्लबका निरुता ठगुल्नाले हात पारिन् भने बेस्ट सटर नेपाल पुलिस क्लबका कमला पुन, बेस्ट ब्लकर सशस्त्र प्रहरी बल (एपीएफ)का हिरा केसी र बेस्ट डिफेण्डरमा एपीएफकै मनिसा तामाङले बाजी मारिन् ।

यसैगरि बेस्ट सर्भिसमा नेपाल पुलिस क्लबकी कोपिला रानाले उपाधि हात पारिन् । उनीहरु सबैले नगद ५÷५ हजार र ट्रफी प्राप्त गरेका छन् । 

नेपाल भलिबल संघको आयोजना, जिल्ला भलिबल संघ बागलुङको व्यवस्थापन र गल्कोट नगरपालिकाको सहयोगमा संचालन भईरहेको प्रतियोगिताबाट राष्ट्रिय टोलीका १८ खेलाडी र ६ बैकल्पिक लागि २४ खेलाडी समेत छनोट गरिएको नेपाल भलिबल संघका वरिष्ठ उपाध्यक्ष याम गुरुङले जानकारी दिनुभयो ।

अन्तिम अपडेट: बैशाख ८, २०८१

तपाईको प्रतिक्रिया