सडक खाली नगरिकनै राष्ट्रपति पाैडेलकाे सवारी (तस्बिरसहित)

 चैत ४, २०७९ शनिबार १७:४५:४७ | न्युज एजेन्सी नेपाल
unn.prixa.net

काठमाण्डाै – राष्ट्रपति रामचन्द्र पौडेल कारगेड नलिइ काठमाण्डौको बसन्तपुरमा रहेकाे कुमारी घरमा पुग्नुभएको छ । राष्ट्रपति पौडेलले शनिबार अपरान्ह पहिलो पटक कुमारी घरमा दर्शन गर्न जाने क्रममा सडक खाली गराएर मात्रै सवारी हुने परम्परा तोड्नुभएको हो । कारगेडबिना नै उहाँले त्यहाँ पुगेर कुमारीको दर्शन गर्नुभयो । त्यसक्रममा सडकमा गुडीरहेका गाडीहरुलाई सुरक्षाकर्मीहरुले रोक्ने काम गरेका थिएनन् ।

राष्ट्रपतिको कारगेडसहितको सुरक्षाका कारण सडकमा नागरिकले सास्ती व्यहोर्नु परिरहेका बेला नवनिर्वाचित राष्ट्रपति पौडेलले कारगेडबिना नै सवार हुनुभयो । राष्ट्रपतिमा निर्वाचित भएपछि पशुपतिनाथको दर्शन गर्न जाँदा सडक जाम भई उहाँको आलोचना गरिएको थियो ।

हेर्नुहाेस् तस्बिरमा :

 

 

अन्तिम अपडेट: बैशाख १९, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया