अभिमुखीकरण तालिम लिने प्रशिक्षार्थीहरुको विद्युतीय हाजिरी सुरक्षित राख्नू : विभाग

 चैत ६, २०७९ सोमबार १४:५:४२ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डौ – वैदेशिक रोजगारीमा जान अभिमुखीकरण तालिम लिने प्रशिक्षार्थीहरुको विद्युतीय हाजिरी सुरक्षित राख्न तालिम प्रदायक संस्थालाई वैदेशिक रोजगार विभागले निर्देशन दिएको छ । 

अभिमुखीकरण तालिम प्रदायक संस्थाहरुले प्रशिक्षार्थीहरुको विद्युतीय हाजिरी डिलिट भयो भन्ने गरेकाले त्यस्तो कार्य नगर्न विभागले सूचीत गरेको छ । 

अभिमुखीकरण तालिम सञ्चालन कार्यविधि २०७६ को दफा ५ बमोजिम तालिम सञ्चालन गर्दा प्रशिक्षार्थीहरुको तालिम कक्षामा उपस्थिति र प्रस्थान समयको विद्युतीय हाजिरीको दैनिक अभिलेख राख्नुपर्छ । तालिम अवधि समाप्त भएपछि संयोजकबाट प्रमाणित गराइ अनलाइन माध्यमबाट सचिवालय र विभागमा पठाउनुपर्ने व्यवस्था छ । यस्तै तालिम प्रदायक संस्था विभागको वैदेशिक राजगारी सम्बन्धी सूचना व्यवस्थापन प्रणालीसँग आवद्ध भएको हुनुपर्छ । 

तर तालिम प्रदायक संस्थाले विद्युतीय हाजिरीको दैनिक अभिलेख, विद्युतीय हाजिरी प्रणालीबाट दैनिक रुपमा डिलिट गर्ने गरेको पाइएको विभागले जनाएको छ । कम्तीमा तीस दिनसम्म हाजिरीको ब्याकअप सुरक्षित राख्न विभागले आग्रह गरेको छ । विद्युतीय हाजिरीको ब्याकअप सुरक्षित नराखेमा कानुनबमोजिम कारबाही हुने पनि विभागले जनाएको छ ।

अन्तिम अपडेट: बैशाख २६, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया