कपिलवस्तुमा पनि धुमधामका साथ फूलपाती भित्र्याइयाे

 असोज ३०, २०७५ मंगलबार १६:२३:२७ | गोपाल भण्डारी
unn.prixa.net

कपिलवस्तु – हिन्दुहरुको महान् चाड बडा दर्सैंको सातौं दिन आश्विन कृष्ण सप्तमीका अवसरमा कपिलवस्तुमा पनि परम्परा अनुसार घर घर, शक्तिपीठ र दशैं घरहरुमा फुलपाती भित्र्याइएको छ । 

तिलौराकोटबाट पैदल बोकेर गाजाबाजाका साथ तौलिहवा सागरटोलमा रहेको चन्द्रघण्टा दुर्गाभवानीको मन्दिरमा स्थानीय सर्वसाधारणहरुले खुशीयालीका साथ फूलपाती भित्र्याएका हुन् । 

दसैंका दिनको लागि पूजासामग्रीस्वरुप चन्द्रघण्टा दुर्गा भवानीको मन्दिरमा फुलपाती भित्र्याइएको हो । चन्द्रघण्टा दुर्गा भवानी व्यवस्थापन समितिको संयोजनमा मन्दिर आसपासका सागरटोल, नयँंटोल लगायतका सर्वसाधारणहरु घर–घरबाट जम्मा भई विशेष गाजाबाजाका साथ फूलपाती भित्र्याएको समितिका अध्यक्ष माधव प्रसाद शर्माले बताए । 

यसैगरी जिल्ला सदरमुकाम तौलिहवामा नेपाल प्रहरी, शशस्त्र प्रहरी र नेपाली सेनाको विभिन्न टोलीहरुले समेत आज फूलपाती भित्र्याएका छन् । घटस्थापनाका दिनदेखि नै विधिवत रुपमा दसै सुरु हुने भए पनि दशैं पर्वको विशेष चहलपहल भने फूलपातीका दिनदेखि सुरु भएको छ । 

अन्तिम अपडेट: बैशाख १४, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

गोपाल भण्डारी

गोपाल भण्डारी कपिलवस्तुका उज्यालो सहकर्मी हुनुहुन्छ । 

तपाईको प्रतिक्रिया