सिकार खेल्ने क्रममा छर्राले लागेर ताप्लेजुङमा एक जनाको ज्यान गयो

 चैत १४, २०७९ मंगलबार ११:३५:३८ | केशवप्रसाद भट्टराई
unn.prixa.net

ताप्लेजुङ - सिकार खेल्ने क्रममा भरुवा बन्दुकको छर्राले लागेर ताप्लेजुङमा एक जनाको ज्यान गएको छ ।

आठराई त्रिवेणी गाउँपालिका–३ हाङपाङमा आफ्नै साथी ५२ वर्षीय वीरबहादुर गुरुङले चलाएको भरुवा बन्दुकको छर्रा लागेर ५८ वर्षीय ललित गुरुङको ज्यान गएको जिल्ला प्रहरी कार्यालय ताप्लेजुङका प्रहरी निरीक्षक कुशराम कार्कीले जानकारी दिनुभयो ।

उहाँका अनुसार गएराति कालीदह जङ्गलमा सिकार खेल्ने क्रममा ललित गुरुङलाई बन्दुकको छर्राले लागेको थियो । वीरबहादुरलाई भरुवा बन्दुकसहित हाङपाङ प्रहरी चौकीको टोलीले पक्राउ गरेको छ ।
 

अन्तिम अपडेट: बैशाख १८, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

केशवप्रसाद भट्टराई

केशवप्रसाद भट्टराई ताप्लेजुङका उज्यालो सहकर्मी हुनुहुन्छ । 

तपाईको प्रतिक्रिया