आठ महिनामा रोजगारीका लागि बिदेसिए झण्डै साढे पाँच लाख नेपाली

 चैत २१, २०७९ मंगलबार १६:१२:२४ | उज्यालो सहकर्मी
unn.prixa.net

फाइल तस्बिर

काठमाण्डौ – चालु आर्थिक वर्षको बितेका आठ महिनामा झण्डै साढे पाँच लाख नेपालीहरू रोजगारीका लागि बिदेसिएका छन् ।

वैदेशिक रोजगार विभागले श्रम स्वीकृति दिएको तथ्याङ्क अनुसार गएको साउनदेखि फागुनसम्म पाँच लाख ४० हजार ६८१ जना युवा रोजगारीका लागि बिदेसिएका हुन् । 

बिदेसिनेमा झण्डै चार लाख ९१ हजार ३२१ जना पुरुष रहेका छन् भने ४८ हजार ३५४ जना महिला रहेको विभागले जनाएको छ । 

साउन महिनामा संसारका विभिन्न ८७ देशमा ६३ हजार ३९ जना, भदौमा ८८ देशमा ७६ हजार ४०३ जना, असोजमा ८४ देशमा ६२ हजार ७०६ जना, कार्त्तिकमा ११५ देशमा ७८ हजार ३७० जना, मङ्सिरमा पनि ११५ देशमा ६८ हजार ५६४ जना, पुसमा १२० देशमा ६५ हजार ४६४ जना, माघमा १०६ देशमा ६४ हजार २८४ जना र फागुनमा ९० देशमा ६१ हजार ८४५ जनाले वैदेशिक रोजगारीमा जना श्रम स्वीकृति लिएका छन् ।

यो सङ्ख्या नयाँ र पुनः श्रम स्वीकृति लिनेको हो । कोरोना महामारी अघिसम्म वैदेशिक रोजगारीमा जानेको सङ्ख्या दैनिक सरदर एक हजार जना थियो । तर पछिल्लो समय यो सङ्ख्या दोब्बरले बढेको छ । खाडीका देशसँगै केहीवर्षयता युरोप लगायतका देशमा पनि रोजगारीका लागि जाने नेपालीको सङ्ख्या बढ्न थालेको विभागले जनाएको छ ।

सरकारले संस्थागत रूपमा वैदेशिक रोजगारीमा जान १११ देश खुला गरेको छ । जसमध्ये, लिबिया, इराक र अफगानिस्तानमा नेपालीलाई रोजगारीमा पठाउन प्रतिबन्ध लगाएको छ ।

व्यक्तिगत रूपमा भने संसारका विभिन्न १७८ देशमा नेपालीहरू रोजगारीका लागि पुगिरहेका छन् । 

अन्तिम अपडेट: बैशाख २४, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया