२० दिनमा २३ सय ३७ जनाले राखे श्रमाधानमा वैदेशिक रोजगारीका समस्या

 चैत २१, २०७९ मंगलबार १७:९:३९ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डौ – श्रमिकको समस्या सुन्न र समाधानका लागि सहजीकरण गर्न सरकारले सञ्चालन गरिरहेको कल सेन्टर श्रमाधानमा चैत महिनाको २० दिनमा २३ सय ३७ जनाले वैदेशिक रोजगारी सम्बन्धी गुनासो राखेका छन् ।

वैदेशिक रोजगारीको प्रक्रियामा रहेका र वैदेशिक रोजगारीमा गइसकेकाहरूले फोन, ह्वाट्सएप, भाइवर लगायतका माध्यमबाट यी गुनासो राखेको श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले जनाएको छ ।

म्यानपावरबाट ठगी भएको भन्दै १२ जनाले, विभिन्न व्यक्तिले आफूलाई ठगेको भन्दै १२ जनाले, विदेशमा भनेजस्तो काम र सेवा सुविधा नपाएको भन्दै १८ जनाले, विदेशमा गएर काम नपाएको भनेर ११ जनाले श्रमाधानमा समस्या राखेका छन् । 

यस्तै वैदेशिक रोजगारीको क्रममा ज्यान गुमाएका श्रमिकका ७७ परिवारले वैदेशिक रोजगार बोर्डबाट पाउने आर्थिक सहायता सम्बन्धमा जान्न र आवेदन दिनका लागि श्रमाधानमा सम्पर्क गरेका छन् भने विदेशमा बिरामी, अङ्गभङ्ग भएर फर्किएका ६९ जनाले बोर्डका आर्थिक सहायताका लागि सम्पर्क र समन्वय गरिदिन भनेका छन् । 

श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालय र मातहतका निकायसँग सम्बन्धित गुनासो, सुझाव र प्रक्रिया सुन्नका लागि कल सेन्टर श्रमाधान सञ्चालन गर्दै आएको छ ।

कल सेन्टरमा फोन गरेर वैदेशिक रोजगारी, स्वदेशको रोजगारी र श्रम रोजगारका विषयमा सोधपुछ गर्न सकिन्छ भने वैदेशिक रोजगारीको क्रममा आफूलाई परेको समस्या पनि राख्न सकिन्छ ।

श्रमाधानमा ११४१ वा ९८०१८०००१३ नम्बरमा सम्पर्क गर्न सकिन्छ भने ९८०१८०००१३ नम्बरमा भाइवर र इमो उपलब्ध छ । 

अन्तिम अपडेट: बैशाख २४, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया