ताप्लेजुङमा डोको बुन्ने प्रतियोगिता, फुङलिङका लक्ष्मण गुरुङ प्रथम

 चैत २२, २०७९ बुधबार १९:३४:५७ | केशवप्रसाद भट्टराई
unn.prixa.net

ताप्लेजुङ‍ - दोस्रो ताप्लेजुङ औद्योगिक कृषि तथा पर्यटन मेलाको दोश्रो दिन आज डोको बुन्ने प्रतियोगिता भएको छ । डोको बुन्ने प्रतियोगितामा सबैभन्दा छिटो डोको बुनेर फुङलिङ नगरपालिकाका लक्ष्मण गुरुङले उपाधि जित्नुभएकाे छ । 

प्रतियोगिताकै उत्कृष्ट (राम्रो) डोको बुन्नेमा फुङलिङ नगरपालिकाकै धनबहादुर गुरुङ प्रथम हुनुभएको हाे । उत्कृष्टतर्फ दोस्रो फुङलिङकै लक्ष्मण गुरुङ हुनुभएको छ । तेश्रो भने सिदिङ्वा गाउँपालिका वडा नं ६ मेहेलेका कालीबहादुर गुरुङ हुनुभएको मेला तथा महोत्सवका सञ्चार संयोजक दिनेश लिङखिमले जानकारी दिनुभयो । 

डोकोको आकार दिएर चोयाको गुणस्तर, बनोटको प्रकृति, साटसज्जा, डोकोको गुणस्तरीयता र समयावधिलाई आधार मानेर अंक दिइएको महोत्सव आयोजक नेपाल घरेलु तथा साना उद्योग महासङ्घ ताप्लेजुङका अध्यक्ष राजेन्द्र भारतीले  बताउनुभयो । 

लघु उद्यम सृजनालाई प्रोत्साहन गर्न डोको र टपरी बुन्ने प्रतियोगिता गरिएकाे नेपाल घरेलु तथा साना उद्योग महासङ्घ ताप्लेजुङका सचिव हर्कराज गुरुङले जानकारी दिनुभयो । डोको बुन्ने प्रतियोगिताका विजेताले १० हजार, उपविजेताले ५ हजार र फस्ट रनरअपले २ हजार रुपैयाँ नगद पुरस्कार पाएका छन् ।

सहभागी सबैलाई ५ सय रुपैयाँका दरले प्रोत्साहन रकम दिइएकाे अध्यक्ष भारतीले बताउनुभयो । 

अन्तिम अपडेट: बैशाख १८, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

केशवप्रसाद भट्टराई

केशवप्रसाद भट्टराई ताप्लेजुङका उज्यालो सहकर्मी हुनुहुन्छ । 

तपाईको प्रतिक्रिया