ताप्लेजुङ : टपरी गाँस्ने प्रतियाेगितामा विष्णु गिरी प्रथम

 चैत २३, २०७९ बिहिबार १९:१८:२८ | केशवप्रसाद भट्टराई
unn.prixa.net

ताप्लेजुङ – दाेस्राे ताप्लेजुङ औद्योगिक कृषि तथा पर्यटन मेलाको तेस्रो दिन आज बिहीवार भएको टपरी गाँस्ने प्रतियोगितामा विष्णु गिरी प्रथम हुनुभएको छ । 

यस्तै कुमारी गुरुङ दाेस्राे र देवी ओझा तेस्राे हुनुभएकाे छ । गिरीले दुई हजार, गुरुङले १ हजार र ओझाले ५ सय रुपैयाँसहित प्रमाणपत्र प्रदान गरेकाे नेपाल घरेलु तथा साना उद्योग महासङ्घका सचिव हर्क गुरुङ जानकारी दिनुभयाे । यस्तै शान्ता अधिकारी, दिलमाया तामाङ, कृष्णमाया कार्की, मनकुमारी नेपाली, कविता पराजुली, गंगा बराल, नैनकला बराल, लक्ष्मी महतारा र अम्बिका बराललाई सान्त्वना पुरस्कार प्रदान गरेको उहाँले बताउनुभयो । 

पात र बुनाइको गुणस्तरीयता, आकार र समयावधि, टपरीको साजसज्जालगायतलाई आधार मानेर अङ्क मापन गरी नतिजा निकालिएको नेपाल घरेलु तथा साना उद्योग महासङ्घ ताप्लेजुङले जनाएकाे छ । प्रतियाेगितामा ४९ महिला र २ पुरुष गरी ५० जनाले सहभागिता जनाएका थिए ।  

यस्तै आजै भएकाे कविता प्रतियोगितामा आठराई त्रिवेणी गाउँपालिका ३ हाङपाङका मणिकुमार सेम्बु (लिम्बु) पहिलाे हुनुभएको छ । यस्तै कैलालीका निर्जलप्रशान्त लेखक दाेस्राे हुँदा फुङलिङ नगरपालिका ३ का प्रेम निरौला र नगरपालिका ४ का लीला आशु तेस्राे हुनुभएको छ । 

साहित्य उपसमितिका संयोजक कमलप्रसाद भट्टराईका अनुसार प्रतियाेगितामा २५ जनाले सहभागिता जनाएका थिए । प्रतियोगितामा पहिलाे, दाेस्राे र तेस्राे हुनेहरूलाई क्रमशः पाँच हजार, तीन हजार र दुई हजार रुपैयाँसहित प्रमाणपत्र प्रदान गरिएकाे छ । गएकाे मङ्गलवारदेखि सुरु भएकाे पाँच दिने महाेत्सव आउँदाे शनिवार सकिनेछ ।

अन्तिम अपडेट: बैशाख १३, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

केशवप्रसाद भट्टराई

केशवप्रसाद भट्टराई ताप्लेजुङका उज्यालो सहकर्मी हुनुहुन्छ । 

तपाईको प्रतिक्रिया