लोप हुँदै लिङ्गेपिङ

 कात्तिक २, २०७५ शुक्रबार १६:१८:१७ | उपेन्द्र येक्तेन
unn.prixa.net

प्रतिकात्मक तस्बिर

पाँचथर – दशैं र तिहारमा मनोरञ्जन लिने एउटा माध्यम हो लिङ्गेपिङ । लिङ्गेपिङ विशेष गरेर दशैंको घटस्थापनामा राखिन्छ र तिहारको पुर्णिमासम्म रहन्छ । 

दुई÷चार वर्षअघिका दशैं, तिहारमा सहरको खुल्ला ठाउँदेखि लिएर गाउँका टोलटोलका पैदलमार्ग, धारा–कुवा, पाटि–पौवा, चौतारा, मठमन्दिर जस्ता सार्वजनिक स्थलमा राखिएको लिङ्गेपिङमा रमाउनेको भिड देखिन्थ्यो । 

केटाकेटि त यसमा रमाउने भइहाले, बुढापाकाहरु पनि वर्षमा एकचोटि धर्ती छोड्नुपर्छ भन्दै पिङमा झुमिने गर्दथे । टोलाटोलमा पिङ राख्नेहरुबीच प्रतिस्पर्धा नै हुने गर्दथ्यो । दसैं आउनुअघि टोलटोलका युवाहरु सल्लाह गरेर पिङ राख्ने चलन थियो । 

तर पछिल्लो समयमा पिङ्ग राख्ने चलन हराउँदै जाँदा लिङ्गेपिङ लोप हुँदै गएको छ । 

यसपालिको दशैंमा सहर, बस्ती कतैपनि लिङ्गेपिङ राखिएको छैन । बारीमा कोदो फुलेको र खेतमा धानका बाला झुल्न थालेसँगै टोलटोलमा राखिएको लिङ्गेपिङमा बेस्सरी मच्चिएर रमाइलो गरि दशैं मनाउने चलन लोप हुँदै गएको छ ।

टोलटोलका युवाहरुको सक्रियतामा हालिने लिङ्गेपिङ पछिल्लो समयमा लोप हुनुको कारण युवाहरुको विदेश पलायन पनि रहेको सरोकारवालाहरु बताउँछन् ।

गाउँका प्रायजसो सबै युवाहरु विदेश पलायन भएका छन्, बुढापाका र केटाकेटिले लिङ्गेपिङ राख्न सक्दैनन् । त्यहि भएर पनि दशैमा रमाइलो गर्ने माध्यम पिङ लोप हुँदै गएको पाँचथर फालेलुङ–८ का ८४ वर्षीय बृजहाङपति जवेगुले वताउनुभयो । 

उहाँले भन्नुभयो, ‘दुई÷चार वर्ष पहिलासम्म गाउँका टोलैपिच्छे पिङ रोप्ने चलन थियो, तर अहिले एक ठाँउमा पनि पिङ राखिएको छैन । यहि अवस्थामा अबको दुई÷चार वर्षमा दशैंको बेलामा लिङ्गेपिङ पूरै हराउँछ ।’

युवा शतिmको विदेश पलायन र नयाँ पुस्ताले संरक्षणमा जोड नदिँदा पनि पुराना चालचलनहरु लोप हुदैं गएको पाँचथरका अग्रज साहित्यकार प्रेम ओझा वताउनुहुन्छ । चारदेखि छ वटासम्म बाँसको लिङगो गाडेर गाउँमै पाइने बाबियो घाँसको लठारो बाटेर वा बजारमा पाइने प्लाष्टिकको डोरी बाँधेर लिङ्गेपिङ राख्ने गरिन्छ ।

अन्तिम अपडेट: बैशाख २५, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

उपेन्द्र येक्तेन

पाँचथरका उज्यालो सहकर्मी उपेन्द्र येक्तेन इगल एफएममा पनि काम गर्नुहुन्छ । 

तपाईको प्रतिक्रिया