ताप्लेजुङ : मैवाखोला गाउँपालिकाकाे उत्कृष्ट लोगो बनाउनेलाई ७० हजार पुरस्कार

 बैशाख १, २०८० शुक्रबार १२:०:२३ | केशवप्रसाद भट्टराई
unn.prixa.net

ताप्लेजुङ - मैवाखोला गाउँपालिकाले पालिकाकाे उत्कृष्ट लोगो बनाउनेलाई पुरस्कृत गर्ने भएको छ । पालिकाले माैलिकता झल्कने उत्कृष्ट लाेगाे बनाउनेलाई ७० हजार रुपैयाँ पुरस्कार दिने घाेषणा गरेकाे हाे । 

पालिकाको ऐतिहासिक, भौगोलिक, प्राकृतिक, सामाजिक र सांस्कृतिक महत्त्व झल्कने लोगो निर्माण गर्न लागिएको अध्यक्ष विजयप्रकाश वनेमले बताउनुभयो । 

उहाँले इच्छुकहरुलाई ४ वटा सर्तसहित लोगो निर्माणको विद्युतीय प्रति बुझाउन यही वैशाख ९ गतेसम्मको समय सीमा दिइएको बताउनुभयो । छनाेट समितिले उत्कृष्ट ठहराएको लोगोको निर्माणकर्तालाई प्रोत्साहन स्वरूप ७० हजार रुपैयाँ  पुरस्कार दिने गाउँपालिकाले जनाएको छ । 

लोगोमा नेपालको झण्डा र गाउँपालिकाको नाम उल्लेख हुनुपर्ने, मैवाखोला गाउँपालिकाको विशेषता झल्कने गरी पालिकाको नक्सा, लालीगुराँस, सिन्धोलुङ झरना, वन क्षेत्र, अलैँची, फागो माङ्गेना याक र रेडपाण्डाको नक्सा समावेश हुनुपर्ने बताइएको छ ।

यस्तै, धार्मिक तथा जातीय साम्प्रदायिक विभेद झल्कने तथा नेपालको सार्वभौम सत्ता, भौगोलिक अखण्डतामा प्रतिकूल असर पर्ने कुनै पनि सङ्केत तथा भाव झल्कन नहुने समेत सर्त राखिएको छ । पालिकाले लोगो निर्माणकर्ताले प्रयोग गरेका सङ्केतहरुको संक्षिप्त व्याख्यासहित डिजाइन भएको लोगोको विद्युतीय प्रति बुझाउनुपर्ने बताएको छ ।

ताप्लेजुङका केही पालिकाले यसअघि नै आफ्नो पालिकाको गरिमा र महत्त्व झल्कने गरी लोगो निर्माण गरी प्रयोगमा ल्याएका छन् । 

अन्तिम अपडेट: बैशाख १८, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

केशवप्रसाद भट्टराई

केशवप्रसाद भट्टराई ताप्लेजुङका उज्यालो सहकर्मी हुनुहुन्छ । 

तपाईको प्रतिक्रिया