शैक्षिक सत्र सुरु हुनु अगाडि नै ताप्लेजुङका दुर्गम गाउँका विद्यालयमा पुगे पाठ्यपुस्तक

 बैशाख २, २०८० शनिबार १३:९:४८ | केशवप्रसाद भट्टराई
unn.prixa.net

ताप्लेजुङ – पूर्वकाे हिमाली जिल्ला ताप्लेजुङमा यस वर्ष शैक्षिक सत्र सुरु हुनुभन्दा अगाडि नै पाठ्यपुस्तक पुगेका छन् । पहिले परीक्षा सुरु हुनेबेलासम्म किताब नपुग्दा समस्या हुने गरेकाे थियाे । तर याे वर्ष समयमा नै पुस्तक पुगेपछि यहाँका विद्यार्थी, शिक्षक तथा अभिभावकमा खुसी छाएकाे छ ।

जनक शिक्षा सामग्री केन्द्र लिमिटेड विराटनगरका प्रमुख भूपराज थापाले पहिलो पटक चैत २० गते हिमाली जिल्ला ताप्लेजुङलाई पाठ्यपुस्तक उपलब्ध गराएको बताउनुभयो । पुस्तक ढुवानीकाे जिम्मा स्टेसनरी व्यवसायी महासंघले लिएकाे छ । महास‌ंघका अध्यक्ष ज्ञानप्रसाद मिश्रका अनुसार  उत्तरी क्षेत्रमा रहेको फक्ताङलुङ गाउँपालिकाका ४० वटा विद्यालयमा पाठ्यपुस्तक पुगिसकेका छन् ।

यस्तै सिदिङ्वा गाउँपालिकाका २९ विद्यालय, सिरिजंघा गाउँपालिका लगायत  जिल्लाका विभिन्न विद्यालयमा पुस्तक पुग्ने क्रम जारी छ । जिल्लाका ३ सय ३५ विद्यालयमध्ये आधाभन्दा धेरै विद्यालयमा पुस्तक पुगेको अध्यक्ष मिश्रले बताउनुभयो । 

जिल्लाका नौ वटै पालिकामा रहेका सबै विद्यालयमा पुस्तक दिवस अर्थात् बैशाख ५ गते अगाडि नै पुस्तक पुर्‍याउने लक्ष्य लिएको समेत अध्यक्ष मिश्रले बताउनुभयो । 
 

अन्तिम अपडेट: बैशाख २१, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

केशवप्रसाद भट्टराई

केशवप्रसाद भट्टराई ताप्लेजुङका उज्यालो सहकर्मी हुनुहुन्छ । 

तपाईको प्रतिक्रिया