रामेछापका ८ पालिकाको बेरुजु ३७ करोड ७९ लाख रुपैयाँ

 बैशाख २, २०८० शनिबार १७:१२:१६ | दीपक भट्ट
unn.prixa.net

रामेछाप – रामेछापका ८ वटा पालिकामा अनियमितता बढ्दै जाँदा बेरुजु रकममा बर्सेनि वृद्धि हुुँदै गएको छ । गएको आर्थिक वर्ष २०७८/०७९ मा रामेछापका ८ पालिकामा मात्रै ३७ करोड ७९ लाख ७ हजार रुपैयाँ बेरुजु रकम पुगेको हो ।

पालिकाको गएको आर्थिक वर्ष २०७८/०७९ मा महालेखा परीक्षकको कार्यालयले गरेको अन्तिम लेखा परीक्षणमा याे बेरुजु रकम निस्किएको हो । रामेछापका पालिकाको अन्तिम लेखापरीक्षण विवरण महालेखापरीक्षकको कार्यालयले ६० औं प्रतिवेदन मार्फत सार्वजनिक गरे अनुसार याे विवरण बाहिरिएको हो । 

रामेछापको २ नगरपालिका र ६ वटा गाउँपालिकाहरुमध्ये सबैभन्दा बढी बेरुजु रकम खाँडादेवी गाउँपालिकाको रहेको छ । आर्थिक वर्ष २०७८/०७९ मा ९ करोड २९ लाख १३ हजार रुपैयाँ बेरुजु देखिएको छ । खाँडादेवी गाउँपालिकाको आर्थिक वर्ष २०७७/०७८ मा बेरुजु ५ करोड ६७ लाख ४ हजार रुपैयाँ रहेको थियो । यो वर्ष खाँडादेवी गाउँपालिकामा करिव ४ करोड रुपैयाँ बेरुजु रकम बढेको हो । 

त्यस्तै सबैभन्दा कम बेरुजु देखिनेमा रामेछाप नगरपालिका रहेको छ । रामेछाप नगरपालिकाको चालु आर्थिक वर्षमा ७२ लाख ८३ हजार रुपैयाँ बेरुजु रकम रहेको छ । रामेछाप नगरपालिकाको आर्थिक वर्ष २०७७/०७८ मा १ करोड ५१ दाख ६० हजार रुपैयाँ बेरुजु रहेको थियो । 

त्यसैगरी गोकुलगंगा गाउँपालिकामा पनि बेरुजु रकम बढेको छ । आर्थिक वर्ष २०७८/०७९ मा ५ करोड ६९ लाख ३१ हजार रुपैयाँ पुगेको हो । अघिल्लो आर्थिक वर्ष २०७७/०७८ मा त्यस पालिकाको बेरुजु रकम ४ करोड ४६ लाख ५८ हजार रुपैयाँ रहेको थियो । त्यस्तै लिखुु तामाकोशी गाउँपालिकामा पनि बेरुजु रकम बढेको छ । आर्थिक वर्ष २०७७/०७८ मा ४ करोेड १७ लाख ४० हजार रुपैयाँ बेरुजु रहेको त्यस पालिकामा गएको चालु आर्थिक वर्ष २०७८/०७९ मा ४ करोड ९३ लाख ८ हजार रुपैयाँ पुगेको हो । 

सुनापति गाउँपालिमा आर्थिक वर्ष २०७७/०७८ मा ६७ लाख ८५ हजार रुपैयाँ मात्रै रहेकोमा गएको आर्थिक वर्ष २०७८/०७९ मा वृद्धि भई ४ करोड ७९ लाख ४५ हजार रुपैयाँ पुगेको छ । त्यस्तै दोरम्वा शैलुुङ्ग गाउँपालिकामा आर्थिक वर्ष २०७७/०७८ मा १ करोड ७४ लाख ३२ हजार रहेकोमा गएको आर्थिक वर्ष २०७८/०७९ मा वृद्धि भई ४ करोड ६६ लाख ७८ हजार रुपैयाँ पुगेको छ । 

त्यसैगरी उमाकुुण्ड गाउँपालिकामा पनि बेरुजु रकम गएको आर्थिक वर्ष २०७८/०७९ मा २ करोड ४७ लाख ९१ हजार रुपैयाँ पुगेको छ भने मन्थली नगरपालिकाको बेरुजु रकम आर्थिक वर्ष २०७७/०७८ मा ३ करोड ४३ लाख ६० हजार रुपैयाँ रहेकोमा गएको आर्थिक वर्ष २०७८/०७९ मा वृद्धि भई ५ करोड २० लाख ५८ हजार रुपैयाँ पुगेको छ । 

    
    

अन्तिम अपडेट: बैशाख १४, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

दीपक भट्ट

दीपक भट्ट उज्यालोका रामेछाप सहकर्मी हुनुहुन्छ । 

तपाईको प्रतिक्रिया