मिनिबस दुर्घटना हुँदा दाङमा एक जनाकाे ज्यान गयाे, तीन जना घाइते

 बैशाख २, २०८० शनिबार १८:३६:८ | हेमराज शर्मा
unn.prixa.net

प्रतीकात्मक तस्बिर

दाङ – दाङमा मिनिबस दुर्घटना हुँदा एक जनाको ज्यान गएको छ । तीनजना घाइते भएका छन् ।

ज्यान जानेमा बंगलाचुली गाउँपालिका वडा नम्बर ६ लापे का ३० वर्षीया यमी घर्ती मगर रहेको जिल्ला प्रहरी कार्यालय दाङका प्रहरी प्रवक्ता तथा डिएसपी राजन कुमार गौतमले जानकारी दिनुभयो । दुर्घटनामा परि गम्भीर घाइते मगरको लमही अस्पतालमा उपचारको क्रममा ज्यान गएको हो  । 

घोराहीबाट बुटवलतर्फ जाँदै गरेको गरेको ना ४ ख ६९५० नम्बरको मिनिबस घोराही–लमही सडकखण्ड अन्तर्गत मसौटको घुम्तीमा आज दिउँसो  ब्रेकफेल हुँदा दुर्घटना भएको हो ।

त्यस्तै घाइते हुनेमा बसमा सवार मृतकका ५ वर्षीया छोरी आहाना घर्ती मगर, ऐरावती गाउँपालिका वडा नम्बर २ का सरस्वती आचार्य, लमही नगरपालिका वडा नम्बर ५ का ५ वर्षीय सुरज बस्नेत घाइते हुनुभएको छ । घाइतेको लमही अस्पतालमा उपचार भइरहेको छ ।

अन्तिम अपडेट: बैशाख २६, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

हेमराज शर्मा

दाङमा बसेर पत्रकारिता गर्ने हेमराज शर्मा लामो समयदेखि उज्यालोमा कार्यरत हुनुहुन्छ ।  

तपाईको प्रतिक्रिया