ताप्लेजुङ बजारमा नगरपालिकाले डोजर चलायाे

 बैशाख ५, २०८० मंगलबार १८:२८:३९ | केशवप्रसाद भट्टराई
unn.prixa.net

ताप्लेजुङ – ताप्लेजुङकाे फुङलिङ नगरपालिकाले ताप्लेजुङ बजार क्षेत्रका अनधिकृत संरचना हटाउन डाेजर चलाएकाे छ । नगरपालिकाले ताप्लेजुङ बजारमा पर्ने मेची राजमार्गकाे दायाँ–बायाँका अनधिकृत संरचना हटाउन पटक–पटक सूचना निकालेर आग्रह गरेकाे थियाे । सूचना दिँदा पनि अटेरी गरेपछि नगरपालिकाले आज मङ्गलवार अनधिकृत संरचना आफैँ हटाउन थालेकाे हाे ।

नगरपालिकाका मेयर अमिर मादेनले सडक डिभिजन कार्यालय इलामको समन्वयमा नगरपालिकाले मेची राजमार्गकाे सडकबाट दायाँ–बायाँ साढे सात मिटरभित्र पर्ने संरचना हटाउन थालेकाे बताउनुभयाे । सडक डिभिजन कार्यालयले राजमार्गमा पर्ने अनधिकृत संरचना हटाउन पालिकाकाे सहयाेग मागेकाे थियाे । 

नगरपालिकाले पहिलाे पटक गएकाे पुस २४ गते ३५ दिने सूचना निकालेर बजार क्षेत्रका अनधिकृत संरचना हटाउन आग्रह गर्दै ३५ दिने सूचना निकालेकाे थियाे । त्यसपछि पालिकाले गएकाे फागुन १४ गते दाेस्राे पटक सूचना निकालेर १५ दिनकाे म्याद दिएकाे थियाे । नगरपालिकाले फेरि चैत १ गते अनधिकृत संरचना हटाउन तेस्राे पटक सात दिनकाे समय दिएकाेमा अन्तिम पटक भन्दै गएकाे चैत २६ गते सात दिने सूचना निकालेकाे थियाे । 

तोकिएको समयभित्र संरचना आफैँ हटाउन र नहटाए सडक ऐनको व्यवस्थाअनुसार प्रक्रिया अघि बढ्ने जानकारी गराएकाे नगरपालिकाले अन्तिम पटकको म्याद सिद्धिएपछि आफैँ घर टहरा हटाउन थालेकाे हाे ।

अन्तिम अपडेट: बैशाख १४, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

केशवप्रसाद भट्टराई

केशवप्रसाद भट्टराई ताप्लेजुङका उज्यालो सहकर्मी हुनुहुन्छ । 

तपाईको प्रतिक्रिया