१२ गतेदेखि कतारमा रहेको नेपाली दूतावासबाट पुनः श्रम स्वीकृति सेवा पाइने

 बैशाख ७, २०८० बिहिबार १६:४७:९ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डौ – कतारमा रहेको नेपाली दूतावासले आउँदो मङ्गलवार अर्थात् वैशाख १२ गतेदेखि पुनः श्रम स्वीकृति सेवा प्रदान गर्ने भएको छ ।

सरकारले विदेशमा रहेका नेपाली नियोगबाट पनि श्रम स्वीकृति सेवा प्रदान गर्ने निर्णय गरेसँगै १२ गतेदेखि सेवा प्रदान गर्ने दूतावासले जनाएको छ । दूतावासले दैनिक ५० वटासम्म श्रम स्वीकृतिको टोकन खुलाउने जनाएको छ ।

पुनः श्रम स्वीकृति लिनका लागि अनलाइनबाटै आवेदन दिन पर्छ । आवेदन दिँदा राहदानी, कतारी आइडी कार्ड, करार सम्झौता पत्र, पुरानो श्रम स्वीकृति, कतार गएको मिति प्रस्ट देखिने कागजात अपलोड गर्नुपर्छ । 

अनलाइनबाट आवेदन दिनका लागि https://feims.dofe.gov.np/ मा गई वैदेशिक रोजगारीमा गएका वा जान चाहने व्यक्तिका लागि मात्र लेखिएको ठाउँमा क्लिक गर्न पर्छ । त्यसपछि लगअनमा क्लिक गर्नुपर्छ ।

फेमिस सिस्टममा पहिले नै आवद्ध भएर पासवर्ड बिर्सिएको भएमा नयाँ पासवर्डका लागि दूतावासमा सम्पर्क गर्नुपर्छ । अनलाइनबाट सबै प्रक्रिया अघि बढाएर अन्तिममा गएपछि श्रम स्वीकृति दिने ठाउँमा भने दोहा कतार भनेर छनौट गर्न पर्छ ।

श्रम स्वीकृति लिनका लागि कल्याणकारी कोषमा, जीवन बिमा र सामाजिक सुरक्षा कोषमा रकम बुझाउन पर्ने हुन्छ  । कनेक्ट आइपिएस, इसेवा र खल्ती लगायत एपबाट यस्तो रकम तिर्न सकिन्छ ।

अन्तिम अपडेट: बैशाख १८, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया