डोटीमा विद्यालय जाने उमेर समूहका बालबालिकाबारे जानकारी दिनेलाई पुरस्कृत गरिने

 बैशाख १३, २०८० बुधबार १२:५३:८ | विमल बिष्ट
unn.prixa.net

डाेटी – डोटीमा विद्यालय जाने उमेर समूहका बालबालिकाबारे जानकारी दिने व्यक्तिलाई पुरस्कृत गरिने भएको छ । विद्यालय जाने उमेर समूहका, तर विद्यालय जान नसकेका बालबालिकालाई भर्ना गराउने उद्देश्यले यो अभियान सुरु गरिएको हो ।

सामाजिक विकास कार्यालय डोटीका कार्यालय प्रमुख जयदेव महराका अनुसार आफ्नो समुदायमा रहेका यस्ता बालबालिकाबारे विवरणसहित जानकारी गराउने व्यक्तिलाई सम्मानित गरिनेछ । ‘समयमै भर्ना, समयमै ज्ञान गुणस्तरीय शिक्षा सबैको अभियान’ भन्ने नारासहित शैक्षिक सत्र २०८० का लागि अहिले विद्यार्थी भर्ना अभियान चलिरहेको छ ।

छुटेका बालबालिकाबारे विवरण पेस गर्दा विद्यालय नजाने बालबालिकाको नाम, बुबाआमाको नाम, ठेगाना र विद्यालय नजानुका कारणसहित नजिकको विद्यालय, वडा कार्यालय, पालिका, शिक्षा विकास तथा समन्वय इकाइ, समाजिक विकास कार्यालयमध्ये कुनै एक ठाउँमा जानकारी गराउनुपर्ने कार्यालय प्रमुख महराले जानकारी दिनुभयो । 
 

अन्तिम अपडेट: बैशाख १३, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

विमल बिष्ट

विमल बिष्ट डोटीका उज्यालो सहकर्मी हुनुहुन्छ । 

तपाईको प्रतिक्रिया