‘हिमालय लोकस्टार’को उपाधि बलराम विश्वकर्मालाई

 बैशाख १४, २०८० बिहिबार ८:४०:४२ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै - नेपाली गायन रियालिटी शो ‘हिमालय लोकस्टार’ को दोस्रो शृङ्खला बलराम विश्वकर्माले जितेका छन् । विजेता बनेसँगै लोकस्टार विश्वकर्माले १५ लाख रुपैयाँसहित अन्य पुरस्कार प्राप्त गरेका छन् । भोटका आधारमा विजेता चयन गरिएकाे थियाे ।

हिजाे सम्पन्न अन्तिम प्रतिस्पर्धामा विजेता विश्वकर्मासँगै सन्तोष क्षेत्री, विकास परियार, किरण बीसी, राजेन्द्र घर्तीमगर र पीएन साइँला थिए ।  

प्रतियोगितामा साइँला फस्ट रनरअप अर्थात् उपविजेता घोषित भए । उनले  तीन लाख रुपैयाँ नगदसहित पुरस्कार पाएका छन् । यस्तै क्षेत्री सेकेण्ड रनरअपअर्थात् तेस्रो घोषित हुँदै दुई लाख रुपैयाँसहित अन्य पुरस्कार प्राप्त गरेका छन् । 

लोकस्टारमा महागुरुको रुपमा कुमार बस्नेत र गुरुको रुपमा राजु परियार, रामजी खाँण र कुलेन्द्र विश्वकर्मा थिए । 

अन्तिम अपडेट: बैशाख १५, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

1 Comments

  • नविन कुमार बि.क

    May 11, 2023, 5:03 p.m.

    बधाई छ तपाइलाइ आगामी दिनमा नि यसरी नै प्रगति गर्दै जानु हाोला ।

  •  0 Reply

तपाईको प्रतिक्रिया