खशोग्गीको हत्या भएको साउदीले स्वीकार्‍याे, राजकुमारले आदेश नदिएको दाबी

 कात्तिक ५, २०७५ सोमबार ९:५४:१७ | उज्यालो सहकर्मी
unn.prixa.net

साउदी अरेबियाले पत्रकार जमाल खशाेग्गीको हत्या भएको स्वीकार गरेको छ । राजनीतिक र कुटनीतिक रुपमा चौतर्फी दबाब बढ्दै गएपछि साउदीले खशाेग्गीको हत्या भएको स्वीकार गरेको हो । सुरुमा उनका बारे केही थाहा नभएको जिकिर गर्दै आएको साउदी सरकारले शनिबार सरकारी टेलिभिजनमार्फत खशाेग्गीको ज्यान गएको बताएको थियो ।

फक्स न्युजका अनुसार साउदी अरेबियाका विदेशमन्त्री आदिल अल जुबैरले खशाेग्गीको हत्यामा छाडा एजेण्टहरु जिम्मेवार रहेको र त्यसलाई ढाकछोप गर्न गम्भीर भूल भएको स्वीकार गरेका हुन् । उनले युवराजले खसोग्गीको हत्या गर्न आदेश दिएको भन्ने आरोपको भने खण्डन गरेका छन् ।  

साउदीले त्यसअघि खशोग्गीको मृत्यु भएको पनि स्वीकार गर्न मानेको थिएन । घटनाले राजनीतिक तथा कूटनीतिक सम्बन्धमा प्रभाव पार्न थालेपछि साउदी अरेबियाले खाशोग्गीको हत्या भएको स्वीकार गरेको हो । अक्टोबर २ तारिखमा मा टर्कीको स्थानवुलमा रहेको साउदी अरेबियाको कन्सुलर कार्यालयमा ब्यक्तिगत कागजात बनाउन गएदेखि बेपत्ता भएका खाशोग्गीको हत्या भएपछि विश्वभर विरोध भइरहेको छ । 

अन्तिम अपडेट: फागुन २९, २०८०

तपाईको प्रतिक्रिया