काफल बेचेर घरखर्चको जोहो गर्दै डाेटीका महिला

 जेठ ५, २०८० शुक्रबार १०:४९:३१ | विमल बिष्ट
unn.prixa.net

डोटी - डोटीकाे ग्रामीण क्षेत्र र राजमार्ग आसपास बस्ने न्यून आयस्राेत भएका परिवारका लागि काफल अहिले आम्दानीकाे स्राेत बनेकाे छ । विशेषत विपन्न परिवारका महिलाहरुले याे समयमा पाक्ने काफल बेचेरै खर्चको जोहो गर्ने गरेका छन् । 

भिमदत्त राजमार्गदेखि पहलमानसिंह स्वाँर राजमार्ग आसपासका क्षेत्रमा अहिले जङ्गली फल काफल बेच्नेको ताँती नै लाग्ने गरेको छ । उनीहरुले काफल बेचेर दैनिक पाँच सय रुपैयाँदेखि चार हजार रुपैयाँसम्म आम्दानी गर्ने गरेका छन् । 

बजार तथा राजमार्गमा काफल बेचेर राम्रै आम्दानी गर्ने गरेको जोरायल गाउँपालिका–१ गैराकी भगवती साउदले बताउनु भयाे । दिनभरी टिपेकाे काफल भोलिपल्ट बिहानै पिपल्ला, गैरा, बुडर, राजपुर, बग्लेक, सिलगढी, दिपायल लगायतका बजारमा लगेर बेच्ने गरेकाे उहाँले बताउनु भयाे । 

अहिले काफल हुने मौसममा राम्रो आम्दानी भइरहेकाे शिखर नगरपालिका–१ कपल्लेकी खगीदेवी ऐर बताउनुहुन्छ । उहाँले भन्नुभयो, ‘हामी एक महिनामा १५ दिन काफल टिप्न जाने र १५ दिन काफल बेच्ने गर्छाैँ, अहिले काफल बिक्री गरेरै हाम्राे घर खर्च चलेकाे छ।’

बजारमा एक माना काफल ५० रुपैयाँमा बेच्ने गरेको उहाँले बताउनु भयाे । काफल बेचेर आएकाे पैसाले  नुन, चिनी, साबुन, बालबालिका लागि कापी कलम, झोला लगायत दैनिक घर खर्च टार्न पुगेकाे उनीहरु बताउँछन् । 

अन्तिम अपडेट: बैशाख १४, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

विमल बिष्ट

विमल बिष्ट डोटीका उज्यालो सहकर्मी हुनुहुन्छ । 

तपाईको प्रतिक्रिया