नचिनेको व्यक्तिले पाइप काटेपछि दाङकाे अस्वारामा खानेपानीको अभाव

 जेठ २३, २०८० मंगलबार २०:७:२७ | हेमराज शर्मा
unn.prixa.net

फाइल तस्बिर

दाङ - दाङको तुलसीपुर उपमहानगरपालिका-८ अस्वारामा तीन दिनदेखि खानेपानीको अभाव भएको छ । नचिनेको  व्यक्तिले खानेपानीको पाइप काटेपछि करिब ६ सय घरधुरीलाई खानेपानीकाे समस्या भएकाे हाे । 

अस्वारामा खानेपानीको मुख्य पाइप ठाउँठाउँमा काटिएको छ । केही दिनअघि फुलबारी सामुदायिक वन तुलसीपुर-३ राउटेचौरमा लागेको आगोले खानेपानीको पाइप जलेपछि पानी आउन बन्द भएकाे थियाे । 

पछिल्लो समय पाइप जलेको ठाउँमा मर्मत गरे पनि फेरि नचिनेको व्यक्तिले ठाउँ-ठाउँमा पाइप काटेकाले धारामा पानी दिन नसकिएको अश्वारा खानेपानी उपभोक्ता तथा सरसफाइ समितिका अध्यक्ष शिवहरि भण्डारीले जानकारी दिनुभयो ।

काटिएको पाइपकाे मर्मतको काम भइरहेको उहाँले बताउनु भयाे । पानी आउन बन्द भएपछि गाउँमा खानेपानीको हाहाकार भएको छ । धाराको विकल्पमा कुवा पनि नहुँदा समस्या भएको स्थानीयले बताएका छन् । 

पाइप गाड्न नमिल्ने ठाउँमा अज्ञात व्यक्तिले पाइप काटेको अध्यक्ष भण्डारीले बताउनुभयो । उहाँका अनुसार खानेपानीको मुख्य पाइप १ हजार २ सय मिटर जति चोरी समेत भएको छ । पाइप काटिएको ठाउँमा मर्मत भइरहेको र जतिसक्दो छिटो पानी धारामा उपलब्ध गराउने भण्डारीले बताउनुभयो ।

पाइप काट्ने व्यक्तिलाई पक्राउ गर्न प्रहरीमा उजुरी दिएको खानेपानी संस्थाका सचिव ओपेन्द्र बस्नेतले बताउनुभयो । ट्याङ्करबाट पानी पुर्‍याउन कोसिस गरे पनि ट्याङ्कर समेत सहजरुपमा पाउन नसकिएको उहाँले बताउनुभयो ।

अन्तिम अपडेट: बैशाख १३, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

हेमराज शर्मा

दाङमा बसेर पत्रकारिता गर्ने हेमराज शर्मा लामो समयदेखि उज्यालोमा कार्यरत हुनुहुन्छ ।  

तपाईको प्रतिक्रिया