जापानले सहर छाडेर ग्रामीण क्षेत्रमा बसाइँ सर्ने परिवारलाई प्रतिसदस्य ७ हजार डलर दिने

 जेठ २८, २०८० आइतबार १८:४१:३९ | एजेन्सी
unn.prixa.net

तस्बिर : एजेन्सी

जापान सरकारले राजधानी टोकियो सहर छाडेर ग्रामीण भेगमा बसाइँ सर्ने परिवारलाई प्रतिसदस्य १० लाख येन दिने भएको छ । ग्रामीण भेगका घरहरू खाली हुने क्रम बढेपछि सरकारले टोकियो सहर छाडेर ग्रामीण भेगमा जानेहरूलाई १० लाख येन अर्थात् झन्डै सात हजार डलर दिने घोषणा गरेको बीबीसी हिन्दीले जनाएको छ ।

सहरी क्षेत्र छाडेर ग्रामीण भेगमा जाने परिवारका कम्तीमा एक जना सदस्यले रोजगार गर्नुपर्ने वा ग्रामीण क्षेत्रमा आफ्नो व्यवसाय सुरु गर्ने प्रतिबद्धता व्यक्त गर्नुपर्नेछ । ग्रामीण क्षेत्रमा बसाइँ सर्ने परिवार कम्तीमा आउँदो पाँच वर्ष सहरी क्षेत्रमा बसाइँ सर्न पाउने छैन ।

सरकारी तथ्याङ्कअनुसार जापानमा रहेका ८० लाखभन्दा धेरै घरमध्ये झन्डै १३ प्रतिशत खाली छन् । खाली घर सबै ग्रामीण क्षेत्रका हुन् । ग्रामीण क्षेत्रमा मानिस बस्ने घरमा पनि एउटा घरमा एक/दुई जनामात्रै रहेका बीबीसीले जनाएको छ । जापानमा जनसङ्ख्या घटिरहेको र मानिसहरू सुविधा खोज्दै सहरमा जाँदा ग्रामीण बस्तीहरू खाली हुने क्रम बढेको हो ।

ग्रामीण क्षेत्रमा राेजगार र उच्च शिक्षाकाे पर्याप्त अवसर छैन । यही कारण युवा पिढी राजधानी टाेकियाे र ओसाकाजस्ता ठूला सहरतर्फ आकर्षित भएका छन् ।

सन् २०१० मा १३ करोड रहेको जापानको जनसङ्ख्या सन् २०६० मा आठ करोडमा झर्ने अनुमान रहेको छ ।

अन्तिम अपडेट: बैशाख १६, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया