नवौं कोरियन भाषा परीक्षा शनिबारदेखि, ८२ हजार २६४ परीक्षार्थी सहभागी हुने

 जेठ २५, २०७५ शुक्रबार १७:४५:१ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाडौं – नवौं कोरियन भाषा परीक्षा शनिबार र आइतबार हुने भएको छ ।

परीक्षामा ८२ हजार २६४ परीक्षार्थी सहभागी हुने इपिएस परीक्षाका निर्देशक कृष्णप्रसाद खनालले जानकारी दिनुभयो । परीक्षा लिन कोरियाबाटै ६३ जनाको विज्ञ टोली नेपाल आइसकेको पनि उहाँले जानकारी दिनुभयो । 

परीक्षाका लागि ललितपुर, काठमाडौं  र पोखरामा गरि २८ वटा केन्द्र तोकिएको छ । 

परीक्षा दुई चरणमा हुनेछ । बिहान १० बजेदेखि पहिलो चरण र दिउँसाे २ बजेदेखि दोस्रो चरणमा सञ्चालन हुनेछ । पहिलो चरणकाे परीक्षा दिन ८ बजे नै पुगिसक्नु पर्ने छ । दोस्रो चरणमा परिक्षा दिने परीक्षार्थी १२ बजेसम्मा परिक्षा केन्द्र पुगिसक्नु पर्नेछ । 

परीक्षामा परीक्षार्थी तोकिएको समयभन्दा एक घण्टा अगावै उपस्थित नभए परीक्षामा सहभागी हुन नपाइने इपिएस कोरिया शाखाले जनाएको छ । 

अन्तिम अपडेट: बैशाख ९, २०८१

तपाईको प्रतिक्रिया