ताप्लेजुङ पहिरो : घाइतेको सेनाको हेलिकप्टरबाट उद्धार

 असार ४, २०८० सोमबार १६:१६:८ | केशवप्रसाद भट्टराई
unn.prixa.net

ताप्लेजुङ – ताप्लेजुङको सिदिङ्वा गाउँपालिका–६ मेहेलेमा पहिरोमा परेर घाइते भएका एक जनालाई हेलिकप्टरबाट उद्धार गरिएकाे छ । 

पहिराेमा परेर घाइते भएका राजकुमार राईलाई नेपाली सेनाकाे हेलिकप्टरबाट उद्धार गरी उपचारका लागि काेशी अस्पताल माेरङ लगिएकाे प्रमुख जिल्ला अधिकारी गोमा चेम्जोङले जानकारी दिनुभयाे । 

निलगिरि मावि मेहेलेमा साढे १ बजेतिर अवतरण भएकाे हेलिकप्टर खराब माैसमका कारण एक घण्टा पर्खिएर साढे २ बजे उडेको थियाे ।

प्रमुख जिल्ला अधिकारी चेम्जोङले मेहेलेका तीन सय परिवारलाई अन्यत्र सार्नुपर्ने अवस्था देखिएको बताउनुभयाे । मेहेलेमा पहिराे जाने क्रम नराेकिएकाेले तीन सय परिवारलाई तत्कालका लागि सुरक्षित ठाउँमा सार्नुपर्ने बताउनुभयो । 

अहिलेसम्म मेहेलेमा पहिराेमा परेर तीन जनाकाे ज्यान गएकाे छ भने तीन जना अझै बेपत्ता छन् ।

अन्तिम अपडेट: बैशाख २२, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

केशवप्रसाद भट्टराई

केशवप्रसाद भट्टराई ताप्लेजुङका उज्यालो सहकर्मी हुनुहुन्छ । 

तपाईको प्रतिक्रिया