'लम्पी स्किन' काे उपचार नगरेकाे भन्दै युवाले तामाकाेसीका पशु प्राविधिकलाई कुटे

 असार ७, २०८० बिहिबार २०:२८:४५ | दीपक भट्ट
unn.prixa.net

रामेछाप – पशुमा लागेको 'लम्पी स्किन' रोगको उपचार नगरेको भन्दै लिखु तामाकाेसीका युवाले गाउँपालिकाका पशु प्राविधिक शाेभानन्द कुमार महताेलाई कुटपिट गरेका छन् ।

'लम्पी स्किन' काे उपचार गरिदिनु भन्दै किसानहरू गाउँपालिकाको पशु स्वास्थ्य शाखामा जाँदा कर्मचारी नभेटेको र पशु प्राविधिकलाई घरमा बिरामी भएका पशुको विषयमा जानकारी गराउँदा पशु हेर्न आएका कर्मचारीले किसानसँग रकम मागेको आरोप लगाउँदै पालिकामा नै पुगेर केही युवाले पशु प्राविधिकलाई कुटपिट गरेका हुन् । 

पशुमा देखिएको 'लम्की स्किन' रोगका लागि पालिकाले केही हप्ताअघि खरिद गरेको खाेप पशु चौपायामा लगाइएको र अहिले पालिकामा थप खाेप खरिद प्रक्रियामा नै रहेको थियो । किसानहरूले पशुमा रोग देखा पर्‍याे भन्दै केहीले टेलिफोनमार्फत जानकारी गराएका थिए । केही किसानहरू पालिकामा नै खाेप र प्राविधिक कर्मचारी लिन आएका थिए । पालिमाका भएको औषधि सकिएको र खरिद गर्ने प्रक्रियामा रहेको भन्दै जानकारी गराएपछि केही किसानहरूले औषधि जताबाट किनेर ल्याएर पनि पशु बचाइदिनु पर्‍याे, लागेको पैसा दिन्छु भनेपछि आफूहरूले बजारबाट खाेप किनेर लगाइदिएको र खाेप किनेकाे रकम लिएको गाउँपालिकाका पशु प्राविधिक महतोले बताउनुभयाे । 

उहाँले भन्नुभयाे, पालिकामा आएका किसानहरूलाई हामीले खाेप सकिएको र खाेपका लागि केही दिन पख्नुस् भनेका थियौँ । तर त्यसको कुनै सुनुवाइ नै नगरि लिखु तामाकोसी गाउँपालिका–४ का चार जनाको युवा समूहले फाँटमा बसेर काम गर्दै गरेको अवस्थामा ममाथि लात्ती र मुड्की प्रहार गरी कुटपिट गरेँ ।

कर्मचारी कुटिएको विषयलाई लिएर गाउँपालिकाका अध्यक्ष र प्रमुख प्रशासकीय अधिकृतसहितको रोहबरमा आज बिहीवार दुई पक्षबीच छलफल भएकाे थियाे । छलफलमा उल्टै कर्मचारीलाई अमर्यादित शब्द प्रयोग गर्ने, कुटपिट गर्छाैँ भन्दै धम्की दिनेलगायतका काम भएकाे भन्दै गाउँपालिकाका कर्मचारीहरूले एक विज्ञप्ति नै निकालेका छन् । विज्ञप्तिमा यस्ता अवाञ्छित गतिविधिमा संलग्न व्यक्तिलाई प्रहरीले नियन्त्रणमा लिई कानुनअनुसार कारबाही नगरे पालिकाको सबै काम अनिश्चितकालका लागि ठप्प पार्ने उल्लेख गरिएको छ ।

अन्तिम अपडेट: बैशाख १३, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

दीपक भट्ट

दीपक भट्ट उज्यालोका रामेछाप सहकर्मी हुनुहुन्छ । 

तपाईको प्रतिक्रिया