टिकटकबाट नजिक भई सुन चाेरी गर्ने महिला स्याङ्जामा पक्राउ

 असार ७, २०८० बिहिबार २१:२:३२ | राधाकृष्ण डुम्रे
unn.prixa.net

स्याङ्जा – भिडियाे शेयरिङ एप टिकटकको माध्यमबाट नजिक भई सुन चोरी गर्ने एक महिला स्याङ्जामा पक्राउ परेकी छिन् । 

सुनका गरगहना लगाएका अपरिचित व्यक्तिहरूलाई साथी बनाउने, उनीहरूको टिकटक भिडियाेहरूमा लाइक तथा कमेन्ट गरी टिकटकबाट नै कुराकानी गर्ने र नजिकको साथी बनी घरमा गई चोरी गर्ने गरेको आरोपमा एक महिलालाई प्रहरीले पक्राउ गरेकाे हाे ।

पक्राउ पर्नेमा पर्वतको मोदी गाउँपालिका–३ बस्ने २४ वर्षीया कुसुम बिसी रहेकाे स्याङ्जाका प्रहरी नायब उपरीक्षक (डीएसपी) रबिन्द्र खनालले जानकारी दिनुभयो । कुसुमले टिकटकबाट साथी बनाएकाहरूकाे घरमा गई कहाँ के राखेको छ, गोप्य समान कहाँ छन् भन्ने जानकारी लिएपछि चोरी गरी भाग्ने गरेको डीएसपी खनालले बताउनुभयाे ।

वालिङ नगरपालिका–६ एक्ले पिपलमा रहेकाे एक घरमा कुसुमले चोरी गरी भागेको उजुरी परेपछि चोरीको नयाँ तरिका बाहिर आएको प्रहरीको भनाइ छ । प्रहरीका अनुसार उनले टिकटकबाट साथी बनेकाहरूकाे सुन चाेरी गर्ने पोखरामा लगेर पसलमा बेच्ने गरेकी थिइन् ।

पक्राउ परेकी कुसुमको साथबाट आधा तोला बराबरको बेरुवा औँठी एक थान र एक तोला बराबरको करुवा लकेटसहितको सिक्री एक थान बरामद गरिएको प्रहरीले जनाएको छ । उनले कुन ठाउँबाट कति गरगहना चोरी गरिन् भन्ने बारे अनुसन्धान भइरहेको प्रहरीको भनाइ छ ।

अन्तिम अपडेट: बैशाख १३, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

राधाकृष्ण डुम्रे

स्याङजाका पत्रकार राधाकृष्ण डुम्रे उज्यालोका जिल्ला सम्वाददाता हुनुहुन्छ । 

तपाईको प्रतिक्रिया