सुदूरपश्चिममा ६५ प्रतिशत रोपाइँ सम्पन्न

 असार २३, २०८० शनिबार १३:३३:३६ | विमल बिष्ट
unn.prixa.net

फाइल तस्बिर

डोटी – सुदूरपश्चिम प्रदेशमा ६५ प्रतिशत धान रोपाइँ सकिएको छ । सुदूरपश्चिम प्रदेश कृषि विकास निर्देशनालय दिपायल, राजपुरका अनुसार सुदूरपश्चिमको अन्न भण्डार मानिने कञ्चनपुर र कैलालीमा मात्रै ७० प्रतिशत रोपाइँ सकिएको छ । नौ जिल्ला रहेको सुदूरपश्चिममा धान र गहुँ उत्पादन यी दुई जिल्लामा औसतमा बढी हुने गरेको छ ।

सुदूरपश्चिममा पूर्णरुपमा राेपाइँ  सकिन साउनको पहिलो हप्तासम्म लाग्ने कृषि विकास निर्देशनालयले जनाएकाे छ । निर्देशनालयका सूचना अधिकृत केशवराज पाण्डेयले सुदूरपश्चिममा कूल एक लाख ७५ हजार सात सय ६३ हेक्टर क्षेत्रफलमा धानखेती हुने गरेको जानकारी दिनुभयो । उहाँका अनुसार कैलालीमा सबैभन्दा बढी ६७ हजार चार सय ३६, कञ्चनपुरमा ४८ हजार चार सय ९६, अछाममा १६ हजार पाँच सय ९०, बैतडीमा नौ हजार र बाजुरामा छ हजार नौ सय १५ हेक्टर क्षेत्रफलमा धानखेती हुँदै आएको छ । यस्तै बझाङमा १० हजार तीन सय हेक्टर, डोटीमा छ हजार चार सय २६, दार्चुलमा चार हजार चार सय ८० र डडेल्धुरामा छ हजार एक सय २० हेक्टर क्षेत्रफलमा धानखेती गरिन्छ ।

अन्तिम अपडेट: बैशाख १६, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

विमल बिष्ट

विमल बिष्ट डोटीका उज्यालो सहकर्मी हुनुहुन्छ । 

तपाईको प्रतिक्रिया