विदेशबाट आउँदा ल्याएका यी सामानमा पर्दैन भन्सार शुल्क तिर्न

 असार २६, २०८० मंगलबार १५:३७:५२ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डौ – वैदेशिक रोजगारीबाट फर्कने श्रमिकलाई सुन बोक्न लगाउने १२ जनालाई पक्राउ गरी प्रहरीले सोमबार १२ जनालाई सार्वजनिक गरेको छ ।

विभिन्न समयमा वैदेशिक रोजगारीबाट फर्किएका श्रमिकहरू तोकिएकोभन्दा बढी सुन ल्याएका कारण विमानस्थलमै पक्राउ पर्ने गरेका छन् । तर कानुन अनुसार तोकिएको जति मात्र सुन ल्याएमा यसरी पक्राउ परिँदैन र भन्सार शुल्क पनि तिर्न पर्दैन । 

सुनको गहनाको हकमा महिला हो भने ५० ग्रामसम्म सुनको गहनामा भन्सार तिर्न पर्दैन । पुरुषका हकमा भने वैदेशिक रोजगारीबाट फर्कँदा २५ ग्रामसम्म सुनको गहना ल्याउँदा भन्सार तिर्न पर्दैन । 

त्यसमा पनि एक जना व्यक्तिले थप दुई सय ग्रामसम्म सुनको गहना भन्सार विन्दुमा महसुल तिरेर साथमा ल्याउन पाइन्छ । गहनाको आकार मात्रै दिएर बनाइएका बेरुवा औँठी, बाला, सिक्रीजस्ता रसायन प्रयोग नगरिएका सुनलाई भने गहनाको मान्यता नहुने भन्सार विभागले जनाएको छ ।

यस्तै वैदेशिक रोजगारीबाट फर्कने श्रमिकले ल्याउने मोबाइलमा पनि छुटको व्यवस्था गरिएको छ । विदेशबाट फर्कने नेपाली यात्रुले आफूले प्रयोग गरिरहेको मोबाइल साथमा ल्याउँदा भन्सार तिर्न पर्दैन । 

यसका साथै श्रम स्वीकृति लिएर लगातार ६ महिनाभन्दा बढी विदेशमा काम गरेर फर्किएका यात्रुले आफ्नो साथमा थप एउटा मोबाइल भन्सार नतिरी ल्याउन पाउँछन् । तर यस्तो मोबाइलका लागि भन्सार कार्यालयमा घोषणा गरी भन्सार प्रक्रिया भने पूरा गर्नु पर्छ । 

श्रम स्वीकृति लिएर गएका श्रमिकले ल्याउने टेलिभिजनमा पनि सरकारले छुट् दिएको छ । श्रम स्वीकृति लिई विदेशमा एक वर्ष काम गरी गरी सामाजिक सुरक्षा कोषमा आबद्ध भएका श्रमिकले जस्तोसुकै आकार वा प्रकारको टेलिभिजन साथमा ल्याउँदा पनि भन्सार लाग्दैन ।

तर श्रम स्वीकृति लिएर गएको भए पनि वा एक वर्ष काम गरेरै फर्किएको भए पनि सामाजिक सुरक्षा कोषमा आबद्ध नभएका श्रमिकले भने ३२ इन्चसम्मको टेलिभिजनमा मात्र भन्सार शुल्क छुट् पाउँछन् । ३२ इन्चभन्दा ठुलो टिभी ल्याएमा भन्सार शुल्क तिर्न पर्छ ।

यसबाहेक अन्य अवस्थामा भने विदेशबाट फर्कने यात्रुले ल्याएको टिभीमा भन्सार शुल्क तिर्न पर्छ ।

अन्तिम अपडेट: बैशाख २७, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

1 Comments

  • Mahesh bahadur chand

    July 11, 2023, 4:12 p.m.

    मैले बिदेश बाट एक सेट माेबाईल लिएकाे छु म 3 महिनकाे dursations visha थियाे 2022/10/22 गऐकाे अनि return 2023/01/05 नेपाल आएकाे आउदा माेबाईल लिएकाे । तर म 2022 काे बिश्व कप फुटबल खेलमा working visha ma गएकाे world cup football in Qatar जादा खेरि सबै प्रक्रिया पूरा गरेर गएकाे श्रम स्वकृति गरेरै गएकाे तर माेबाईल ल्याउद नेपल सरकारले पछिल्लो समय हेरदै बिदेश बाट अनाधिकृत रुपमा माेबाईल फाेन भित्रीने क्रममा माेबाईल दर्ता गरेने system ल्यएकाे रहेछ mdms ma mobile. Divish mangmante system मा दर्ता गर्नुपर्ने रहेछ उत्त mdms मा ३।४ चाेटि दर्ता गरदा पनि दर्ता भैईराकाे छैन अब मैले के गरने साउन १ गते बाट पुणरुप मा नचल्ने भएपछि

  •  0 Reply

तपाईको प्रतिक्रिया